​विदेश जाने युवालाई ८ करोड ठगेर भागेका निरौला समातिए

दृष्टि न्यूज

काठमाडौं, ३१ साउन। 
  अफगानिस्तान लगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भनेर ८ करोड रुपैयाँ भन्दा धेरै ठगी गरेर भागेका व्यक्ति पक्राउ परेका छन्। प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका झापा दुर्गापुर–१ घैलाडुब्बाका ३७ वर्षीय सोमनाथ निरौला पक्राउ परेका हुन्। 

उनी चीनबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन्। 

उनलाई ४ वर्ष कैद र ४ लाख रुपैयाँ कैद सजायको  फैसला भइसकेको छ। 

उनीसहितका व्यक्तिहरुले प्रति व्यक्ति ३ लाख ५० हजार रुपैयाँका दरले ८ करोड रुपैयाँ ठगी गरेका थिए। 

 निरौलालाई नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले वारेन्ट जारी गरेको थियो। 

 उनी भारतबाट चीन गएको र चीनबाट नेपाल आउने क्रममा पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

निरौला पहिला माछापोखरीमा कन्चाई मनी ट्रान्सफर खोलेर त्यसकै आवरणमा ठगी गरेका थिए। उनको परिवार नै मिलेर सयौं युवाहरुलाई ठगी गरेको थियो। 

Related News