५० हजार अमेरिकन डलरको लोभमा फस्दा...

दृष्टि न्यूज

काठमाडौं, १८ फागुन। 
कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटारबाट धादिङ निलकण्ठ नगरपालिका–२ का ३४ वर्षीय राजकुमार थापामगरको २ लाख रुपैयाँ ठगी भएको छ । हाल वतन नखुलेका सोनाम तामाङ च्याम्बा नाम बताउने व्यक्तिले ५० हजार युएस डलर दिन्छु भनी झुक्याएर रुमालभित्र कागजको टुक्रा पोको पारी दिएर उनीसँग भएको २ लाख रुपैयाँ लिएर फरार भएका थिए। 
सस्तोमा डलर साटेर ५० हजार हात पार्न खोज्दा उनी ठगीएका हुन्। 

Related News