यूरोप पठाउने र कतार एयरवेजमा जागिर लगाइदिने भन्दै ठगी

दृष्टि न्यूज

 काठमाडौं, २३ फागुन । 
यूरोप पठाइदिने तथा कतार एयरवेजमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा सामाखुशीस्थित सुनौलो प्रकाश कन्सलटेन्सीका सञ्चालक मकवानपुर, भिमफेदी घर भएका आर्यन लामालाई प्रहरीले पक्राउ गरेको छ। उनले स्पेन र पोर्चुगलमा पठाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 
यूरोप नपठाएपछि पीडितहरुले पैसा फिर्ता माग्दा उनले सहकारीको चेक दिएका थिए। तर, खातामा पैसा थिएन। हिरकाजी बस्नेत लगायत पीडितहरुको जाहेरीका आधारमा लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।  

अनुसन्धानको क्रममा उनले मोहन प्रधान र कारसाङ तामाङलाई कतार एयरवेजमा काम लगाइदिने भनेर समेत ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको ुखलेको छ। उनले चेक दिएको सहकारीमा उनको खाता नै बन्द भइसकेको समेत अनुसन्धानमा खुलेको छ। 
अभियुक्त  लामालाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ। 

Related News