​ठमेलबाट ३५ किशोरीको उद्धार, तीन डान्सबार सञ्चालक पक्राउ

दृष्टि न्यूज

काठमाडौँ, २८ कात्तिक । 
प्रहरीले ठमेल क्षेत्रका डिस्को तथा डान्सबारमा बिशेष अभियान सुरु गरेको छ । कम उमेरका युवतीलाई काममा लगाउने सञ्चालकलाई प्रहरीले पक्राउ गर्न थालेको छ । 
 महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ किशोरीको उद्धार गरी तीन डान्सबारका सञ्चालकलाई पत्राmउ गरेको छ ।  

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइ रहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको बताए ।   

Related News