​तीन सचिवले अवकाश पाउँदै

काठमाडौं, २७ पुस । 
आगामी डेढ महिनाभित्र नेपाल सरकारका तीन सचिव पद रिक्त हुँदै छन् ।    प्रशासन सेवा र कृषि तथा वन सेवामा तीन सचिव पद रिक्त  हुन लागेको  राष्ट्रिय सूचना आयोगका सचिव शरदराज विष्ट यही २९ पुषदेखि तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रमेश शर्मा १० माघदेखि  अनिवार्य अवकाश पाउदैछन्  । त्यस्तै वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल ३ माघदेखि सेवानिवृत्त हुनेछन् । 
एक पदमा तीनको सिफारीस 
  सचिव बढुवा सिफारिस समितिले  एक सचिव पदका लागि तीनजना   सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा सोमबार बसेको बैठकले वरिष्ठ सहसचिवहरू युवकध्वज जिसी, प्रकाश माथेमा र प्रेमनारायण कँडेलको बढुवा सिफारिस गरेको हो । निजामती सेवा ऐनको प्रावधानअनुसार रिक्त एक पदका लागि  तीन गुणा संख्यामा सिफारिस गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सिफारिस भएकामध्ये जिसी कृषितर्फका हुन् भने माथेमा र कँडेल वनतर्फका सहसचिव हुन् । बिहिबारकै मन्त्रीपरिषद् बैठकले उनीहरुमध्ये एकलाई सचिवमा बढुवा गर्ने छ । 

Related News