​तिहारमा फस्टायो जुवा, काठमाडौंमा ५० भन्दा धेरै पक्राउ

दृष्टि न्यूज

काठमाडौं, २० कात्तिक । 
तिहार सुरु भएसँगै उपत्यकाका जुवाको खाल बढेका छन्।  टोल टोलमा दैनिक लाखौंको हारजित हुने गरेको छ । 
सोमबार मात्र प्रहरीले जोरपाटी डेरा गरी बस्ने झापाका ५३ वर्षीय टेकबहादुर मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा मगर समेत १५ जनालाई पक्राउ परेको छ । ६ बुक तास र नगद १ लाख ३६ हजार २ सय ८५ रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 
पछिल्लो एक हप्तामा बौद्ध वृत्तमा मात्र ५० भन्दा धेरै जुवाडे छन् । 
तिहारमा राजधानीमा करोडौंको हारजित हुने गर्दछ । होटल तथा अपार्टमेन्टमा गोप्य रुपमा कौडा खेलाइने गरिएको छ । जसमा न्यायधीशदेखि नेताहरुसम्म जाने गर्दछन् । 

Related News