बन्दै छ ‘तीन लाल’

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, सहिद गंगालाल श्रेष्ठ र कृष्णलाल अधिकारीका विषयमाथि वृत्तचित्र निर्माण अन्तिम चरणमा पुगेको छ । ‘तीन लाल’ नाम दिइएको वृत्तचित्र आगामी मंसिरसम्ममा पूरा हुने निर्माण पक्षले जनाएको छ । 
निर्देशक श्रीहरि श्रेष्ठका अनुसार २० वर्षयता वृत्तचित्रको काम हुँदै आएको छ । ‘आगामी मंसिरसम्ममा वृत्तचित्र निर्माण पूरा गर्ने लक्ष्य छ’, पुष्पलाल स्मृति दिवसका अवसरमा वृत्तचित्रबारे जानकारी दिँदै निर्देशक श्रेष्ठले भने, ‘पुष्पलाल र गंगालालको जन्मथलो भँगेरी, कृष्णलालको जन्मथलो कठजोरदेखि भारतको कोलकातासम्म छायाकन गरिसकिएको छ ।’ कोलकातामा पहिलो चरणको छायाकन मात्र सकिएको उनको भनाइ छ । वृत्तचित्र फिल्मशाला प्रालिले निर्माण गरिरहेको उनको भनाइ छ ।

Related News