​टिपरको ठक्करबाट एकको मृत्यु

दृष्टि न्यूज

तुलसीपुर । दाङको घोराही–तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै आज मंगलबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ । 
घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६ सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । 
खत्रीलाई टिपरले च्यापेको थियो । ठक्करपछि सडकदेखि तल खसेका मोटरसाइकल चालक सानीअम्वापुरकै वसन्त गिरी घाइते भएका छन् । गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विवेक महराले बताए ।

Related News