​फेरि टिपरको ठक्करबाट एकको मृत्यु

दृष्टि न्यूज

काठमाडौं । फेरि टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुलनजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको छ । टिपरले ठक्करले दिनदिनै मान्छेको मृत्यु हुन थालेपछि सरकार १ साउनबाट दिउँसोको समयमा रोक लगाएको छ । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको बताए । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

Related News