​वामदेव कामरेडको चुनावः गलत समय र दाउपेचको शिकार

दृष्टि न्यूज

रवीन्द्र श्रेष्ठ
वामदेव कामरेडको गत संसदिय चुनावमा भएको पराजय स्वाभाविक थिएन । विविध कारणले गर्दा उहाँ गत संसदिय चुनावमा हार्नु भयो । अहिले उहाँ काठमाण्डौको ७ नम्बर निर्वाचन क्षेत्रवाट उठ्ने चर्चाले राजनीति तातेको छ । 

वामदेव कामरेडलाई उपयुक्त समय र तरिकावाट संसदमा लाने विषयमा पार्टीका प्रमुख नेताहरु विच सल्लाह हुँदै आएको कुरा महासचिव विष्णु पौडेलले वताउनु भएको छ । एमाले र माओवादी एकताका लागि उहाँवाट भएका प्रयासलाई सम्मान गर्दै सांसद वनाउनु अन्यथा हुने पनि थिएन । तर यसपटक जसरी र जुन वेला उहाँलाई संसदमा लग्नका लागि प्रयास भए, त्यसले नेकपा र मुख्यतः वामदेव कामरेडलाई नै समस्यामा पारेकोछ । 
उहाँले राष्ट्रिय सभामा जाने कम जोखिम र पक्का विजयी वन्ने वाटो नरोजेर प्रतिनिधि सभा मै जाने चाहना राख्नुको अर्थ भविष्यमा प्रधानमन्त्री सम्म पनि बन्ने सम्भावना खोज्नु भएको देखिन्छ । किनभने प्रधानमन्त्री बन्न प्रतिनिधिसभा कै सदश्य हुनु पर्ने प्रावधान संविधानमा छ । 

यस्तो ठुलो उद्देश्य लिएपछि उहाँले कम्तिमा पार्टीका प्रमुख नेताहरु सबैजसोलाई विश्वासमा लिने तरिकावाट प्रस्ताव पेश गर्न पर्दथ्यो । यसकालागि अनौपचारिक तरिकावाट प्रमुख नेताहरु, कम्तिमा पनि सचिवालयका सबैलाई आफ्नो नयाँ चुनाव क्षेत्र र त्यहाँका सांसदको राजिनामाका विषयमा कुरा राखेर सहमत गराएपछि मात्रै वैठकमा लगेर औपचारिक निर्णय गरिनु पर्दथ्यो । तर एक्कासी सचिवालय वैठकमा प्रस्ताव लग्दा त्यस प्रस्तावले नेताहरु कै विचमा अनावश्यक शंका उपशंकाको वातावरण वनाइदिने काम भयो । जसले गर्दा यो प्रस्तावका वारेमा प्रमुख नेताहरुको नै असहमति देखा प¥यो र प्रमुख नेताहरु नै एकढिक्का भएर कार्यकर्ता र जनतामा नजाने स्थिति वन्यो । प्रमुख नेताहरु एक ढिक्का भएर प्रस्तुत नहुने वातावरण वनेकोले जनमानसमा र कार्यकर्ता पंक्तिमा ठुलो विवाद श्रृजना गर्ने काम भयो । फलस्वरुप अब शायद उक्त प्रस्ताव तुहिने भएकोछ । 
अर्को पक्ष भनेको वामदेव कामरेडले छानेको समय ठिक थिएन । यो समय भनेको केन्द्र देखि तल सम्मका सरकारहरुले जनतामा सकारात्मक छाप छोड्न नसकेको स्थिति हो । यसको प्रतिक्रिया स्वरुप कार्यकर्ता र जनतावाट अनेकौं टिकाटिप्पणी स्वतः उठेको छ । विपक्षीले पनि कडा आलोचना गर्ने ठाउँ पाएकोछ । साथै अहिले कथंकदाचित वामदेव कामरेड चुनावमा उठ्ने निर्णय पार्टीले ग¥यो भनेपनि चुनावमा उहाँ हार्ने सम्भावना नै वढी देखिन्छ भन्ने कुरा आम रुपमा उठेको छ । त्यस अर्थमा पनि उहाँले प्रस्ताव पारित गर्न प्रयोग गर्नु भएको तरिका र समयका वारेमा पुनर्विचार गर्नु पर्ने आम शुभचिन्तकहरुको मत रहेकोछ । 

यति मात्र नभई पार्टीमा नयाँ गुटवन्दी शुरु भएको लगायत आदि इत्यादि कुराहरु पनि उठेको छ । यस्तो नकारात्मक वेलामा उहाँले चुनावमा जानु भनेको उहाँ कै लागि पनि आत्मघाती सावित हुन सक्दछ । 

एकथरि मानिसहरु एकपटक हारेका व्यक्तिलाई पाँच वर्ष नपुग्दै पुन चुनावमा उठाउन हुँदैन भन्दै कडा आलोचनामा उत्रेका छन् । अर्कोथरि मानिसहरु चुनावी खर्चको कुरा उठाएर आलोचना गर्दैछन् । केही मानिसहरु यो लोकतन्त्र कै अपमान हो भनिरहेका छन् । वास्तविकता यो हो कि नेपालको अहिलेको लोकतन्त्र अझै पनि वास्तविक लोकतन्त्त भएको छैन । वास्तविक लोकतन्त्र भनेको त लोकको इच्छा अनुसारको शासन हो । वहुसंख्यक जनताले अहिले लोकको इच्छा अनुसार शासन भैरहेको छैन भन्ने मत राख्छन् । अनि कसरी लोकतन्त्र भएको मान्न सकिन्छ । अर्को कुरा वास्तविक लोकतन्त्रमा पाँच वर्ष अगाडि नै चुनिएकाहरुको काम हेरेर चित्त नबुझे प्रत्याह्वान अर्थात फिर्ता  वोलाउन सकिने र चुनाव गरेर अर्को व्यक्तिलाई संसद वा सरकारमा पठाउन सकिने प्रावधान हुन पर्दथ्यो । तर त्यो प्रावधान नराखिएकोले यो भनेको माक्र्सले भने झंै पाँच वर्षका लागि आफुमाथि शासन  गर्नका लागि शासकहरु चुन्ने व्यवस्था भएको छ । 

Related News