आइएसका उच्च कमान्डर मारिएको अमेरिकी दावी

काठमाडौं, २ चैत । विद्रोही संगठन इस्लामिक स्टेट आइएसका एक उच्च कमान्डर मारिएको अमेरिकाले दावी गरेको छ । आइएसका उच्च कमान्डर ओमार शिशानी हवाई आक्रमणको क्रममा मारिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनको भनाइ छ । केही समयअघि अमेरिकी सेनाले उत्तरपूर्वी सिरियामा गरेको हवाई आक्रमणको क्रममा घाइते भएका कमान्डर शिशानीको ज्यान गएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् । यसअघि उनी जर्जियाका नागरिक शिशानी आक्रमणबाट बाँच्न सफल भएको खबर सार्वजनिक भएको थियो । तर, अहिले अमेरिकी रक्षा मन्त्रालयल पेन्टागनले शिशानी मारिएको बताएको छ । उनीसँगै उनका धेरै सुरक्षागार्ड पनि मारिएका छन् । गएको आइतबार मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले आइएसका कमान्डर शिशानी चिकित्शकीय रूपमा केही दिनअघि नै मृत घोषित गरिएको जनाएको थियो । अमेरिकाले शिशानीको टाउकाको मूल्य ५० लाख अमेरिकी डलर तोकेको थियो । 

Related News