पर्यटनलाई सरकारले पहिलो स्थानमा राख्नुपर्छ-चन्द्र रिजाल, अध्यक्ष, टान

विगतमा टानमा धेरै समस्याहरु थिए, तपाईको नेतृत्वमा नया“ कार्यसमिति आएपछि के के सुधार भए ?
चुनावको क्रममा हामीले पहिला टान सचिवालयलाई सुधार गर्छाै भनेका थियौं । हामी आइसकेपछि सुधारका संकेतहरु देखापरेका छन् । टानमा राम्रो सीईओ र एकाउन्टेन्टको अभाव थियो । सचिवालय व्यवसायीको कुरा सुन्ने, बुझ्ने र कार्यान्वायन गर्ने खालको थिएन ।
धेरै कुरा परिवर्तन गर्न हामी बिशेष साधारणसभामा जानुपर्छ । नियम कानुनलाई ‘ओभरटेक’ गरेर जान सकिन्न । आर्थिक समस्या लगायत विभिन्न कारणले बिशेष साधारणसभा गर्न सकेका छैंनौंं । तर पनि हामीले सक्दो काम गरेका छौं । उपयुक्त सीईओ र सीए पढेका एकाउन्टेन्ट नियुक्ति गरेका छौं । शतप्रतिशत त सफल भएका छैंनौं, जे होस् टानमा ५० प्रतिशत काम गरिसकेका छौं । एक वर्ष कार्यकाल बा“की छ, यो अवधिमा हामीले सोेचेअनुसार नै सचिवालयलाई अघि बढाउने छौं ।
दोस्रो कुरा हामीलाई बुझ्ने र बुझाउने महत्वपूर्ण कुरा हो । यो संस्था भने सीडीओ कार्यालयमा दर्ता भएको एउटा एनजीओ हो । यसको काम भनेको व्यवसायीको समस्या लिने र कार्यान्वायनको पाटोमा पर्यटन मन्त्रालय तथा नियमनकारी निकायलाई लैजाने हो । कतिपयले सबै काम टानले गर्ने हो भन्ने बुझ्छन् । टुरिष्ट इन्फरमेशन मेनेजेमेन्ट सिष्टम(टिम्स) बारे हाम्रै कतिपय व्यवसायीले राम्रोस“ग बुझ्नुभएको छैन । सरकारका अधिकारीले बुझेका छैनन् । यसलाई पनि बुझाउने काम हामीले गरिरहेका छौं ।
टिम्समा भ्रष्टाचार भयो भनेर मात्र धेरै हल्ला भयो । टानले उठाएर खायो भन्ने आरोप लाग्यो । वास्तविकता त्यस्तो होइन, विगतमा धेरै बेरुजु देखिएको हो ।
अर्काे कुरा २०३५ सालको ऐन कानुन संशोधनका लागि हामीले अहिले बिशेष जोड गरेका छौं । हाम्रो निरन्तरको प्रयासले नया“ ऐन निर्माण तथा नियमावली, कार्याविधि संशोधनका कामहरु अघि बढिसकेका छन् । पर्यटन क्षेत्रका काम पर्यटन मन्त्रालयबाट मात्र गरौं, एकद्वार प्रणाली लागु होस् भन्ने पर्यटन व्यवसायीको पुरानो माग हो । त्यो कुरा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले नीति तथा कार्यक्रममा पर्यटनको काम एकद्धार प्रणालीबाट गर्ने निर्णय गर्नुभएको छ । नीति तथा कार्यक्रममा आयो, तर नियमावली बनाएर त्यसलाई कार्यान्वयनमा जानुपर्छ  ।
अर्काे कुरा उद्धारका कुरा हुन् । हिउ“पहिरो तथा हुदहुदले गर्दा विभिन्न बेला पर्वतीय क्षेत्रमा दुर्घटना हुने गरेका छन् । त्यसकारण अन्नपूर्ण र लुक्लामा दुई वटा उद्धार केन्द्र बनाउने कुरा यो वर्ष नीति तथा कार्यक्रममा आएको छ ।
हाम्रो धेरै हिमाली क्षेत्रहरुको विकास भएको छैन । अपर डोल्पा, अपर मुस्ताङजस्ता क्षेत्रमा विकास गर्नुपर्ने छ । जहा“ विकास भएको छैन, त्यो ठाउ“लाई निषेधित क्षेत्र घोषणा गर्नुको अर्थ छैन । रोयल्टी समयसापेक्ष छैन । त्यसलाई घटाउन पहल भइरहेको छ । काभ्रेको तिमाल क्षेत्रको ट्रेकिङ प्रबद्र्धनका लागि पनि विशेष पहल भइरहेको छ । व्यवसायी र मजदुरबीचको सम्बन्ध प्रगाढ भएको छ । ५ वर्ष अगाडिको हुदहुदको पैसा बल्ल मजदुरका परिवारले पाए । चुनावका क्रममा हारेका साथीहरुको एजेन्डालाई पनि लिएर हामी अघि बढेका छौं । विगतका समस्या, सचिवालयका समस्या, संस्थामा आर्थिक समस्या तथा देशको अस्थिर राजनीतिले  पनि धेरै काम गर्न सकेनौं होला । तर बाटो बनाएका छौं ।

टिम्सको पैसा टानले किन नपाएको हो ?
पदयात्राको जोखिमलाई कम गर्ने,  मजदुरको हकहित सम्बोधन हुने, व्यवसायी र मजदुरको बीचमा सुमधुर सम्बन्ध हुने उद्देश्यले टिम्स लागू भएको हो । टिम्सको पैसा पर्यटन बोर्डमा उठ्छ । बोर्डले बैंकमा राख्छ ।
तर बेलैमा अनुगमन नगर्ने, संयन्त्र नबनाउने अनियमितता भयो भन्ने मात्र मिल्दैन । अघिल्लो कार्यसमितिले गरेका केही काम अपारदर्शी छन् । सही ठाउ“मा खर्च भएन र त्यही कुरालाई बेरुजु देखाएर समस्याको समाधान गर्ने भन्दा जकड्याएर राख्ने काम भइरहेको छ । जसले गर्दा कर्मचारीको सेवा सुविधादेखि पर्यटन प्रबद्र्धनका काममा असर परेको छ । ऋण काढेर र अनेक समस्याका साथ हामीले काम गर्नुपरेको छ ।

भूकम्पपछिको ट्रेकिङ व्यवसायको अवस्था कस्तो छ ?
म अध्यक्ष भएलगत्तै सुदूरपश्चिम गए“ । केही दिनअघि मात्र रारा पुगेर आए“ । नया“ गन्तव्यहरुमा पर्यटन व्यवसायीहरु पुग्न सकेका छैनन् । भूकम्पमा एभरेष्ट, लाङटाङ र मनास्लु क्षेत्रमा अलि धेरै क्षति भएको छ । उपत्यकाका हेरिटेज साइडहरु प्रभावित भएका छन् । तर लुम्बिनीमा त केही भएको छैन । सुदूरपश्चिम र पूर्वका पर्यटकीय गन्तव्यमा केही भएको थिएन । पर्यटकहरुलाई ती क्षेत्रमा हामीले डाइभर्ट गरेर लैजान सकेनौं । हिमाल र झरना नै हेर्न आउने हुन् पर्यटक । तर सरकारले पूर्वाधार विकासको क्षेत्रमा लगानी नगर्दा भर्जिन गन्तव्यहरुमा पर्यटन लैजान सकिएको छैन । उद्धार गर्ने राम्रँे संयन्त्र छै्रन । पुराना प्लेन र हेलिकप्टर छन् । जुन चढ्नै डर लाग्छ ।
त्यसका बाबजुद पनि पर्यटकहरु आइरहेका छन् । पदयात्रामा अहिले साहसिक पर्यटकहरु नै आउ“छन् । त्यसकारण यो व्यवसायमा अलि कम असर प¥यो । तर अन्य पर्यटकहरु कम आए । तर पछिल्लो समयमा केही सकारात्मक नै देखिएको छ । पर्यटक कति बढाउने भन्ने कुरा चाहि“ सरकारकै प्राथमिकतामा भर पर्छ ।

पर्यटनको समग्र विकासका लागि के के गर्नुपर्ला ?
हामीमा दीर्घकालीन सोच भएन । इमान्दारीता भएन । कसैले राम्रँे कुरा उठाएको छ भने अरुले त्यो सही छ भनेर कराइदिए मात्र सुन्छन् । तर राम्रँे कुरालाई समर्थन गर्ने संस्कृति पनि भएन । राज्यलाई समृद्ध बनाउने कुरामा राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र समग्र नेपालीहरु व्यवहारमै सुध्रिनु जरुरी छ । मनदेखि नै सबै आत्मनिर्भर बन्नतर्फ लाग्नुपर्छ । त्यसकारण सकारात्मक कुरालाई सबैले प्रबद्र्धन गर्नुपर्छ । पर्यटन व्यवसायमा यही सकारात्मक सोच चाहिन्छ । सरकारले पर्यटन व्यवसायलाई कृषि र हाइड्रोभन्दा पनि अगाडि एक नम्बरमा राख्नुपर्छ । कृषि र हाइड्रोमा धेरै लगानी गर्नुपर्छ । तर यो क्षेत्रमा थोरै लगानी गरेपनि धेरै प्रतिफल आउ“छ ।
 

Related News