लेन मिचेर सवारी चलाउँदै हुनुहुन्छ ? घरमै फोन आउला

दृष्टि न्यूज

काठमाडौं २९, असार ।

ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको छ। 

महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखेको छ। यस्तो भेइकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारी अवस्थाको रेकर्ड राख्न सक्ने विशेष किसिमको रहेको महाशाखाका प्रमुख वसन्त पन्तले बताएको आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

क्यामेराले खिचेका फुटेजका आधारमा ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँग लेन मिच्ने वा जथाभावी लेन अनुशासन उल्लंघन गर्ने सवारी धनीको पुरा विवरण मागेर घरमा नै फोन गर्नेछ। यसरी फोन गर्दा ट्राफिक प्रहरीले सवारीले लेच मिचेको जानकारी गराउँदै ट्राफिक कार्यालयमा बोलाउने छ।

 तीन पटकसम्म आग्रह गर्दा पनि सवारी धनी उपस्थित नभएमा सवारीसहित चालकलाई नियन्त्रणमा लिनेछभने सवारी धनीलाई लेन मिचको सवारीको फुटेजसमेत देखाउने छ। 

Related News