​प्रदेश २ मा ट्राफिक प्रहरीको नयाँ अभियान

दृष्टि न्यूज

काठमाडौं, २९ असोज।
चाडपर्वको समयमा दुर्घटना घटाउन र सवारी आगमनलाई व्यवस्थित बनाउन प्रदेश ट्राफिक प्रहरी कार्यालयले नयाँ अभियान सुरु गरेको छ । ‘नो एक्सिडेन्ट, नो ड्यामेज’ नारासहित ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । 
जस अन्र्तगत २ स्थानमा अस्थायी रिफ्रेस सेन्टर सञ्चालन गरिएको छ । लामो दुरीका चालकहरुलाई लक्षित गरी यस्तो सेन्टर सञ्चालन गरिएको हो । जहाँ चालकहरु केही समय रिफ्रेस हुनेछन् । 
त्यस्तै बढी भाडा लिनेलाई कारबाही अभियान पनि तिव्रता दिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयकी प्रमुख एसपी किरण बज्राचार्यले बताइन् । जसअन्र्तगत एक सय ४७ वटा सुमो कारबाहीमा परेका छन् । 
त्यस्तै यात्रुहरुको सेवाका लागि २२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । त्यस्तै राडारको माध्यमबाट तिव्र गति नियन्त्रण गरिएको र क्षमताभन्दा धेरै लोड बोक्ने सयौं गाडीहरुलाई जरिवाना गराइएको छ । 

Related News