उपत्यकामा राति ८ बजेसम्म ट्रिपर चलाउन प्रतिबन्ध

दृष्टि न्यूज

काठमाडौं । राजधानीका तीन जिल्ला काठमाडौं , भक्तपुर र ललितपुरमा दिउसोको समयमा ट्रिपर चलाउन प्रतिबन्ध लगाइएको छ । 


ट्रिपर चालकका लापरर्वाहीले धेरै सर्वसाधरणको ज्यान जान थालेपछि गृहमन्त्रालयले यस्तो निर्णय लिएको हो ।  ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

 काठमाडौं, ललितपुर र भक्तपुरमा राति ८ बजेदेखि ५ बजेसम्म मात्रै ट्रिपर चलाउन दिने निर्णय गरेको छ । 

Related News