​त्रिशुलले हानेर बारामा खप्परवाला बाबाद्वारा हत्या

दृष्टि न्यूज

काठमाडौं, ११ मंसिर । 
बारामा जोगीको आवरणमा बस्ने एक व्यक्ति पक्राउ परेका छन् । भारत चमोई गणवाल देराहादुन स्थायी वतन भई विभिन्न मठ मन्दिरमा हिड्ने त्रिलोकी नाथ खप्परवाला बाबालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

उनले गत ८ मंसिर जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित लालका पुल मुनि रहेको भुक्तेश्वरनाथको शिव मन्दिर नजिकै  एक व्यक्तिको हत्या गरेका थिए । त्रिशुलले निधार र अनुहारमा हानेर उनले हत्या गरेका हुन् । 
  बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ७ को म्याद अनुमति लिई अन्य थप अनुसन्धान  बढाइएको बाराका एसपी सानुराम भट्टराईले बताए । 

Related News