​अमेरिकी राष्ट्रपति ट्रम्प र जोनसन साथी–साथी

दृष्टि न्यूज

वासिंगटन, (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र  बेलायतको विदेशमन्त्री बोरिस जोनसनबीच नजिकका साथी हुन् । सोमबार जोनसनले पदबाट र राजिनामा दिएपछि अमेरिकी राष्ट्रपति ट्रम्प जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका हुन् ।  उनले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्वविदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने समेत बताएका छन् । ‘ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व बोरिस जोनसन मेरा साथी थिए । उनी मेरा लागि धेरै मनपर्ने नेता हो’ ट्रम्पले भने । 
जोनसोनको राजिनामा पछि आफूले बेलायती प्रधानमन्त्री टरिजा मेसँग नबोलेको बताउँदै सोमबार दुई मन्त्रीको राजिनामाले बेलायतको सरकारलाई खासै फरक नपर्ने तर जनताको निर्णय शक्तिशाली हुने बताए ।  दुई मन्त्रीको राजिनामापछि बेलायतमा नेतृत्वमा चुनौति आउन सक्ने विभिन्न क्षेत्रबाट अनुमानहरू भइरहेको बेला ट्रम्पले यस्तो बताएका हुन् ।

Related News