​डोनाल्ट–किम जोन आज सिंगापुरमा

दृष्टि न्यूज

सिंगापुर, २७ जेठ (एएफपी) ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन आइतबार सिंगापुर पुग्दैछन् । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी  जी सेभेन समूहको बैठकमा छन् । उनी त्यतैबाट सिंगापुर आउँदैछन् ।
ट्रम्पले शनिबार क्यानाडा प्रस्थान गर्नुअघि भनेका थिए, ‘म त्यतैबाट सिंगापुर जान्छु तर सिंगापुरमा बसाई कति दिन हुन्छ भन्ने कुरा जुन १२ को पहिलो वार्तापछि मात्र थाहा हुन्छ ।’ 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मंगलबार सिंगापुरमा शिखर वार्ता हँुदैछ ।
उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनए अनुसार किम आइतबार सिंगापुर प्रस्थान गर्दैछन् । उनले सिंगापुर पुगेर आज आइतबारै यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी गरेका छन् । यो समाचारको सिंगापुरको विदेश मन्त्रालयले पुष्टि गरेको छ । 
साथै उक्त मन्त्रालयले सोमबार बिहान अमेरिकी राष्ट्रपति ट्रम्प र सिंगापुरका राष्ट्रपतिबीच पनि भेटवार्ता हुने तय भएको छ ।
यस वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् । 
यसैबीच सिंगापुरबाट प्राप्त समाचारअनुसार विश्वका कैयौँ देशका पत्रकारहरु पनि सिंगापुरमा जम्मा भएका छन् । पत्रकारहरुमध्ये सबैभन्दा धेरै अमेरिकी छन् । 
यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो संख््याका फोटो पत्रकारहरु पुगेका समाचारहरु आइरहेका छन् । यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ । 

Related News