​‘वार्ता सकरात्मक’, किमलाई व्हाइट हाउसमा निम्तो

दृष्टि न्यूज

सिंगापुर, २९ जेठ ।
‘एउटा एतिहासिक उपलब्धी’ वार्ता सक्नेवितिकै अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘अब हामी सम्झौताअनुसार अगाडि बढने छौं ।’
मंगलबार सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प निकै खुसी देखिए । उनी पत्रकारहरुसँग मुस्कुराएर प्रश्नमा संक्षिप्त जवाफ दिएका थिए । यो शिखर वार्तामा ट्रम्प र किमले थुप्रै दस्तावेजहरुमा हस्ताक्षर गरे । जसमा मुख्य परमाणु हतियार नस्ट गर्ने रहेको थियो । 
मंगलबार सिंगापुरको सेन्टोसा द्वीपमा उत्तर कोरियालीनेता किम जोङ उनका साथ दस्तावेजमा  हस्ताक्षर गरेपछि भने, ‘हामीले एउटा ठूलो समस्याको समाधान गरेका छौं । जसलाई संसारले नियालिरहेका थिए ।’ यसरी ट्रम्प पत्रकारहरुसँग दोहोरो बोलिरहँदा किम मुस्कुराइरहेका थिए । यसैक्रममा किमले संक्षिप्तमा भने, ‘हामीबीच सकरात्मक वार्ता भयो ।’
उत्तर कोरियाले परमाणु नस्ट गर्नेबारे ट्रम्पले भने, ‘हामी एक विशेष अनुबन्धमा छौं । र चाँडै निरस्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउँछौं ।’
दुवै नेताले संयुक्त कुराकानीको क्रममा पत्रकारहरुसँग राष्ट्रपति ट्रम्पले किम जोङ उनलाई व्हाइट हाउस (अमेरिका) आउन निम्तो दिएको पनि बताए । 
यसैबीच डोनाल्ड ट्रम्पले व्यक्तिगत रुपमा समेत किमलाई तारिफ गरेका छन् । ट्रम्पले भने, ‘किम एकदमै योग्य र समझदार वार्ताकार रहेकाछन् ।’

Related News