​ तिनकुनेमा दुर्घटना, दुई युवकको मृत्यु


काठमाडौं, ४ असोज । 
 काठमाडौँ महानगरपालिका–३२ तिनकुनेमा मंगलबार राती भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।  बा.६१ प ७६८६ नम्बरको मोटरसाइकल गएराति  अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर गोदावरी नगरपालिका–६ घर भई इमाडोल बस्ने ३८ बर्षीय  राजु तामाङ र काभ्रे बुढाखानी घर भई ललितपुर लुभुथली बस्ने २८ बर्षीय बिसाल लामाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकोले निजामती कर्मचारी अस्पताल मिनभवन लगिएकोमा उपचारको क्रममा दुबै  उता सिन्धुलीमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।  सुनकोशी गाउँपालिका–१ दुम्जास्थित बिपी राजमार्गमा बा. ७० प २२३९ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रीत भई दुर्घटना हुँदा चालक दाङ घर भएका २८ बर्षीय संजय श्रेष्ठ र सुनकोशी गाउँपालिका–१ बस्ने ३२ बर्षीय बाबु लामा घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा चालक संजय श्रेष्ठको मृत्यु भएको छ । 

Related News