​दुई उत्कृष्ट विद्यार्थीलाई खाद्य प्रविधि पुरस्कार

दृष्टि न्यूज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका दुई उत्कृष्ट विद्यार्थीलाई  हरेक वर्ष प्रदान गरिँदै आएको गोविन्दवल्लभ पन्त स्मृति नेफ्सा अवार्ड,  यस वर्ष २०१८ का लागि   त्रिभुवन विश्वविद्यालयका  प्रसान्त दाहाल   र पूर्वाञ्चल विश्वविद्यालयका  संजय कार्कीलाई पुरस्कृत गर्ने  घोषणा गरिएको छ । 
गोविन्द वल्लभ पन्त स्मृति ट्रष्टका उपाध्यक्ष हरिहर गुरागाईँले ट्रस्टकातर्फबाट घोषणा गर्दै यो अवार्ड यसै हप्ता काठमाडौँमा प्रदान गर्ने जानकारी गराएका हुन् । नेपालभरका खाद्य प्रविधि अध्यापन गराइने कलेजहरुबाट  बिटेक खाद्य  प्रविधिका उत्कृष्ट विद्यार्थीहरुमध्ये  त्रिभुवन विश्वविद्यालयबाट एक र पूर्वाञ्चल विश्वविद्यालयबाट एक जना उत्कृष्ट विद्यार्थीलाई यो अवार्डबाट पुरस्कृत गर्ने गरिएको छ । ट्रस्टले नेपाल खाद्य प्रविधि विद्यार्थी संघ (नेफ्सा) को सहयोगमा यो पुरस्कार संघका दोश्रो अध्यक्ष स्व. गोविन्दबल्लभ पन्तको स्मृतिमा स्थापना गरेको हो ।

Related News