​ प्रचण्ड रिसोर्टमा, पार्टी एकता अन्योलमा

दृष्टि न्यूज

काठमाडौं, २ बैशाख।
पार्टी एकता घोषणाको मिति नजिकिदै गर्दा नेकपा(एमाले) र माओवादी केन्द्रबीच बैठक पातलिदै गएको छ। आइतबार बस्ने भनिएको बैठक पनि रद्द भएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आइतबार बैठक तय भएको थियो। तर, प्रचण्ड ओलीलाई जानकारी नै नदिई सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्टमा पुगेका छन्। बैठक नै रद्द गरी प्रचण्ड उता जानुलाई कतिपयले शंकाको दृष्टिले हेरेका छन्। 

प्रचण्डले पछिल्लो समयमा बराबरीको हैसियतमा पार्टी एकता हुनुपर्ने बताउँदै आएका छन्। चुनावमा एमालेभन्दा करिब आधा मत ल्याएको माओवादी केन्द्रले पार्टी एकतामा आधा हिस्सा माग्नुका पछाडि प्रचण्डको केही स्वार्थ लुकेको प्रष्ट छ। जसले गर्दा पनि एकतामा आशंका बढ्दै गएको छ। 

Related News