हे भगवान ! उमा जस्तै छोरी दिउन् .....

सञ्जिव मण्डल, काठमाण्डौ
घटना बिर्सिसकेको थिएँ । आज बिहान करिब ८ः३० बजे, परदेशी साथी ध्रुब झाजीको फेसबुक स्टाटस हेर्नेबित्तिकै एकछिन निकै भावुक भएँ । तनाब निकै भयो । के गर्ने, उमा सिंहसंग रेडियो टुडेमा बिताएका पलहरु सम्झें । त्यो दिनको घटना सम्झें जुन दिन उमा सिंहमाथि आक्रमण भएको थियो । उहाँले त्यो दिनहरु याद आयो, जति बेला उमालाई छेदबिच्छेद गरी निर्ममाता पुर्बक धारिलो हतियारले काटेको थियो । उपेन्द्र भगत नागबंशी दाईले मलाई फोन गरी सोध्नु भो । उमालाई के भयो ? म भने केही भएको छैन । उ केयर मेडिकलमा भर्ना भएको छ, उहाँलाई काटेर फालेको खबर छ । म दौडेर केयर मेडिकल सेन्टर गए । 
उमाले सोधेको अन्तिम वाक्य अझै कानमा गुञ्जिरहेको छ । अन्तिम बेलामा “सञ्जिव जी हमरा कि भेलैय ?” (सञ्जिव जी मलाई के भयो ? मात्र सोधिरहनु भो । म “भने केहि भएको छैन समान्य घाउलागेको छ ठिक भइहाल्छ” । 
उहालाई ब्लडको अति आबश्यकता थियो । “ओ निगेटिभ” ब्लड पाउन पनि निकै मुश्किल । शायद बेलुका लगभग नौ बजे तिर म र ध्रुब जी उहाकोलागि ब्लड खोज्न जनकपुरको थुप्रै ल्याब सञ्चालकको घर घरै पैदल दौडे । अन्तमा स्व.राकेश नेपाली (राजदेबी युवा कमिटीका तत्कालिन अध्यक्ष)का दाई चन्द्रदीप ईश्वर नेपालीले पनि ल्याब सञ्चालन गर्नु भएको थियो, उहा गए । उहाले दुई तीन जनाको नाम भन्नुभो र घरको लोकेशन पनि दिनु भयो । उहाले भनेको मान्छेको घर गए ।  त्यस मध्ये एक जना भेट्नु भएन । अर्को एक जना भेट्नु भो तर रक्सी खाएर सुत्नु भएको थियो । तत्काल रक्सी खाएको ब्यक्तिको ब्लड काम नलाग्ने भएपछि निराश भएर फर्कियौं हामी । अनि तत्कालै यी कुराहरु फोन गरी दाई(वसन्तकुमार मण्डल)लाई बताए । संयोगले भाउजुको पनि “ओ निगेटिभ” ब्लड थियो । दुई/तीन पोका ब्लडको आबश्यकतामा एक पोका भाउजुकोबाट दिइयो । 
उमाजीको अबस्था अत्यन्त खराब थियो । थप उपचारकालागि बाहिर पठाउने कुरा अस्पताल परिसरमा चलिरहेको थियो । एक पोका ब्लडले मात्र काम नचल्ने भयो । बृजकुमार दाई, र अनुराग गिरी सरले तिमि र बटुक एम्बुलेन्समा उमासंगै जानु प-यो भन्नुभो । हामी जुन अबस्थामा थियौं त्यहि अबस्थामा थप उपचारकालागि काठमाण्डौं आउन तयार भयौं । एम्बुलेन्समा डाक्टरले ब्लड र स्लाईन लगाएपछि त्याहाबाट म र बटुक भाई (बटुक नाथ झा हामीसंगै रेडियो टुडेमा काम गर्ने भाइ) काठमाण्डौंकालागि हिड्यौं । जनकपुर–ढल्केबर सडकखण्ड बन्दै थियो । बाटो अति बिग्रेको, बाटोमा उमाजीले एक दुई चोटि जोड जोडले जिउ तन्काउदै केहि भन्न खोज्नु भएको थियो कि जस्तो लाग्यो । हामी निरन्तर उहाका स्वास्थय राम्रो छ कि छैन हेर्देै, आउदै थिए । ढल्केबर नपुग्दै उहा“ संसारबाट बिदा लिएको हो कि जस्तो मलाई लाग्यो । मैले एम्बुलेन्स चालकलाई आगाडि आउने लालगढ स्वास्थयचौकीमा एम्बुलेन्स लिएर जान भने । त्याहा“ पुग्दा उमाजी हामी बीच रहनु भएन .......भन्ने कुरा ठहर भयो । हामी होसमा थिएनौं । पहिला फोन उमाजी लगायत हामीलाई निकै माया गर्ने दाई सहदेब कार्कीलाई गरे । अनि पत्रकार महासंघ धनुषा शाखाका तत्कालीन अध्यक्ष उमेश साह दाईलाई जानकारी गराए ।
......आज उमा सिंह हामी बीच हुनुहुन्न तर उहाका उहासंग बिताएका थुपै्र यादहरु छन् । पत्रकारित गर्ने क्रममा उहासंग स्टोरी पुरा गर्न थुप्रै ठाउमा गएको कुरा ताजा छ । निकै हिम्मत र धैर्यताका साथ उहा स्टोरी गर्नू हुन्थ्यो । कान्तिपुरमा लेख प्रकाशित हुदा असिम खुशि हुदै मलाई आफ्नो लेख देखाउनु भएको थियो । अझै झलझली आ“खा आगाडि नै छ जस्तो भान हुन्छ । अब ...... लेख्न सक्दिन........ भगवानले ..................

Related News