​उमेर भयो, लगन जुरेन-जोत्स्ना योगी, नव नायिका

नेपाली चलचित्र ‘म त तिम्रै हु“’ बाट रंगिन पर्दामा डेब्यु गरेकी नायिका हुन्  जोत्स्ना योगी । थुप्रै म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरिसकेकी जोत्स्ना आफू योग्य भएपछि मात्र चलचित्र क्षेत्रमा प्रवेश गरेको बताउ“छिन् । तर, उनको भविष्यको प्लान भने रंगिन दुनिया“मा सीमित छैन । आफ्नै बिजनेश सम्हाल्ने उनको भविष्यको योजना छ । त्यसो त अहिले पनि उनी बुबालाई साथ दिइरहेकी छन् । उनै नव नायिका जोत्स्नास“ग रेजिना पाण्डेले गरेको कुराकानी ः

तपाईंले अभिनय गरेको चलचित्र ‘म त तिम्रै हु’ चर्चा भएअनुसार हलमा त टिक्न सकेन नि ?
हो, जति हामीले सोचेका थियौ“ चलचित्र त्यति राम्रोस“ग चलेन । दुई हप्ता  मात्र चल्यो । तर, त्यसलाई राम्रै चलेको मान्नुपर्छ । जतिले चलचित्र हेर्नुभयो, उहा“हरूको प्रतिक्रिया राम्रै पाएका थियौ“ । 

सोचेजस्तो नचलेकोमा दुःख लागेन ?
लाग्यो । मेहनत गरेअनुसार फल नपाउ“दा त दुःख लाग्छ नै । तर, दुःखभन्दा पनि राम्रो चलचित्रमा अभिनय गर्न पाउ“दा खुसी पनि छु । घोडा चढ्ने मान्छे लड्छ, लड्यो भन्दैमा उठ्दै नउठ्ने भन्ने पनि हु“दैन । 

चलचित्रमा अभिनय गर्न कत्तिको गाह्रो हु“दो रहेछ ?
कुरै नगरौ“, सोचे जस्तो हु“दैन रहेछ । तर, मलाई मेरो टिमले सानो सानो  कुराहरू पनि सिकाएको हुनाले मलाई सजिलो भयो काम गर्न । काम गर्दै जा“दा कन्फिडेन्ट पनि बढ्दै गयो । 

कतिको नया“ कामका अफर आइरहेका छन् ?
आइरहेकै छन् । कतिको कथा मन परेको छैन, कसैको टिम मनपरेको छैन । यही गर्छु भनेर भन्न सकेको पनि छैन ।

कत्तिको प्रतिस्पर्धा छ यो क्षेत्रमा ?
धेरै छ । कलाकारहरू एक से एक क्षमतावान भएकाले पनि होला प्रतिस्पर्धा बढेको छ । 

यो क्षेत्रमा मन नपरेका कुरा के लाग्यो ?
कलाकारहरूको भावना नबुझी नानाथरीका हावादारी कुरा गर्ने, एकअर्काको नाम जोडेर बदनाम गरिदिने जस्ता नकारात्मक सोच बढी भएकाले नरमाइलो लाग्यो । 

म्युजिक भिडियो र विज्ञापनहरूमा चै“ कत्तिको व्यस्त हुनुहुन्छ ?
विज्ञापनहरू र म्युजिक भिडियोमा व्यस्त नै छु । चलचित्रका लागि पनि अफर आइरहेका छन् । एउटा चलचित्रमा चा“डै काम गर्ने तयारी गरेको छु । 

अरु नव नायिकाहरू त भ्याइनभ्याइ देखिन्छ । तपाईं अलि फुर्सदमै हो ?
अरुको कुरा मलाई थाहा भएन । मलाई पनि अफर आइरहेकै छन् । तर, म कथावस्तु र टिम रहेर मात्र चलचित्र खेल्ने हुनाले मेरा धेरै चलचित्र नदेखिएका हुन् ।

विवाह गर्ने बेला भयो ?
भयो तर लगन आएको छैन ।

Related News