​समानुपातिकमा एमालेलाई ३३ प्रतिशत मत

काठमाडौं, २६ मंसिर । 
प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले करिब ३३ प्रतिशत मत पाएको छ । जसआधारमा उसले समानुपातिकतर्फ करिब ४० सांसद पाउने छ । 
निर्वाचन आयोगका अनुसार एक करोड ५ लाख ८७ हजारमध्ये ५८ लाख २५ हजार गणना भइसकेको छ । जसमध्ये एमालेले २० लाख ३१ हजार मत ल्याएको छ । 
कांग्रेसले १ लाख ९४ हजार तथा माओवादी केन्द्रले ७ लाख ८४ हजार मत ल्याएको छ । त्यस्तै चौथो स्थानमा रहेको समाजवादी फोरमको २ लाख ५७ हजार ५ सय २३ तथा, राजपाको २ लाख १ हजार २ सय ८१ मत छ । राप्रपाको १ लाख ३१ हजार, विवेकशिल साझाको १ लाख २९ हजार नयाँ शक्ति पार्टीको ५७ हजार २ सय ५५ मत छ । 
प्रतिनिधिसभाको प्रत्यक्षमा ८० क्षेत्रमा विजय हात पार्दै पहिलो पार्टी बनेको एमाले समानुपातिकमा पनि पहिलो नै बन्ने देखिएको छ । 

Related News