​एमालेले बनायो दुई कार्यदल

दृष्टि न्यूज

काठमाडौं, ९ माघ। 
  माओवादी केन्द्रसँग पार्टी एकता अघि बढाउन एमालेले दुई कार्यदल गठन गरेको छ। 
दुई पार्टीबीचको सैद्धान्तिक नीति बनाउने र संगठनात्मक संरचना बनाउन कार्यदल गठन गरिएको हो। दुवै कार्यदलमा रहने नेताहरुको नाम तय भइसकेको छैन। 
सोमबार अबेरसम्म पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। पार्टी एकतालाई थप अघि बढाउन कार्यदल गठन गर्ने निर्णय भएको एमाले सचिव योगेश  भट्टराईले  बताए।  
बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएका कुराकानीको बारेका बताएका थिए। 

Related News