​एमालेका दुई सांसद सपथमा गएनन्

काठमाडौं, ६ माघ। 
प्रदेश नम्बर ४ र  ५ मा चार जना सांसद सपथ ग्रहरणमा अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा एमालेका २ जना छन्। 

 प्रदेश नम्बर ५ मा  एमालेकी सांसद जालपा भुषाल र राजपाकी विन पन्त अनुपस्थित भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 
पन्त रुपन्देही तथा भुषाल अर्घाखाँचीकी सांसद हुन्। 

त्यस्तै प्रदेश नम्बर ४ का एमाले सांसद राम बहादुर गुरुङ पनि बिदेशमा भएकाले सपथमा उपस्थित भएनन्। उनी तनहुँका सांसद हुन्। त्यस्तै फरार रहेका राजीव गुरुङ भनिने दीपक मनाङे समेत सपथमा अनुपस्थित भएका छन्। 

Related News