मुख्यमन्त्रीको विषयमा एमालेभित्र असन्तुष्टि


काठमाडौं, २९ माघ।
प्रदेशमा मुख्यमन्त्री चयनको विषयलाई लिएर नेकपा एमालेको स्थायी कमिटी बैठकमा चर्को असन्तुष्टि प्रकट भएको छ।
पार्टीभित्र केही नेताहरुले मतदाताहरुलाई प्रभावमा पार्ने प्रयास भएको आरोप लगाएका छन्।   
प्र्रदेश ३ मा संसदीय दलको नेताको निर्वाचनका क्रममा गुटबन्दीको आधारमा आफूलाई हराइएको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले असन्तुष्टि जनाएकी थिइन्।
त्यसमा समर्थन जनाएका कतिपय वरिष्ठ नेताका भनाइमा पहिलो पटक संघीय अभ्यासमा जाँदा सहमतिका आधारमा भावी मुख्यमन्त्री चयन गरेको भए राम्रो हुने बताएका थिए। 
नेत्री शाक्यको असन्तुष्टिमा साथ दिएका नेता मध्येका एक, पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालले बीबीसी नेपालीसँग भनका छन्, “हामी आफै संक्रमणको अवस्थामा रहेका बेला सोच(विचार गरेर सकेसम्म सहमतिको बाटो हिड्न पाएको भए हुन्थ्यो भन्ने मेरो लगायत धेरैको धारणा थियो।“
भावी मुख्यमन्त्री बन्ने संसदीय दलको नेता छान्दा ’अस्वस्थ अभ्यास र अनुचित क्रियाकलाप’ भएको कुरा पनि बैठकमा उठेको नेताहरुले जनाएका छन्।
नेता खनालको भनाइ छ, “मान्छे त किटानी गरिएन। तर त्यस्तो भएको हो भने पार्टीले राम्ररी छानविन गर्नुपर्ने कुरा भएको छ।  
एमालेबाट मुख्यमन्त्री बन्ने चारैजना नेता अध्यक्ष निकट चुनिएका छन्। उनीहरु सबै पार्टीअध्यक्ष केपी शर्मा ओलीका निकट नेताहरु हुन्। 
ओलीका निकट मानिने पार्टी सचिव प्रदीप ज्ञवालीले भने, “अघिल्लो स्थायी कमिटी बैठकको सर्वसम्मत निर्णय अनुसार नै गोप्य मतदानबाट संसदीय दलको नेता चयन गरिएको हो। यद्यपि त्यो प्रक्रियामा कहींकतै कमजोरी रहेका भए छलफल गर्न सकिन्छ।“

Related News