​बैंकक जानुअघि ओली र प्रचण्डको भेट, कार्यदललाई निर्देशन

दृष्टि न्यूज

 काठमाडौं, २६ पुस। 
बैंकक जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार माओवादी केन्द्र प्रचण्डसँग छलफल गरेका छन्। बैठकमा आफु फर्किएलगत्तै उनले पार्टी एकता अघि बढाउने बताएका छन्। 

त्यस्तै दुई नेताले  राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा दिशानिर्देश दिएका छन्। 
एमाले–माओवादी केन्द्रका अध्यक्षसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बालकोटमा बसेको थियो । बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा दिशानिर्देश दिएको प्रचण्डका प्रेस सल्लाहकार मनोहरी तिमिल्सिनाले बताए। 

कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ। रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिए। 

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेश गर्ने र रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतस् एकीकृत तहको शीर्ष कमिटिमा जाने पनि पुनले जानकारी दिएका छन्। 
कार्यदलमा सुवास नेम्वाङ, रामबहादुर थापा, शङ्कर पोखरेल, ,सुरेन्द्र पाण्डे वर्षमान पुन र मातृका यादव सदस्य र छन्। 
ओली बुधबार दिउसो नै अमेरिका जाँदै छन्। 

Related News