​एमाले–अभिमन्यु र कथित चक्रब्यूह

प्रा.डा.बद्रीविशाल पोखरेल । नेकपा एमालेको शक्ति र सामथ्र्यबाट नेपाली कांग्रेस, माआवादी पहिलेदेखि नै त्रसित थिए । पहिलो र दोस्रो चरणको निकायको परिणामले त झनै त्रसित बनेका छन् । आम देशभक्त लोकतान्त्रिक जनताको दृढ समर्थनमा एमाले नेतृत्वको सरकारले भारतीय नाकाबन्दीविरुद्ध मुकावला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत निद्रा हराम भयो  । अन्ततः केही सीप नलागेपछि नेपाली जनतासमक्ष भारत झुक्न बाध्य भयो । यस्तो पीडा फेरि नेपाली जनताले भोग्न नपरोस् भनेर एमाले नेतृत्वको सरकारले चीनतिरको नाका खोल्यो । नेपाल र नेपाली जनताको हितका खातिर मरिमेटेर उदाहरणीय काम गरेको र अझै विशिष्ट काम गर्ने देखेर ओली सरकारलाई भारतीय शाषकको निर्देशनमा गिराइयो । यस पुनीत काममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्यादा बनेर लागिपरे । कांग्रेस र माओवादी केन्द्रका नेताहरु मुकदशर्कक बने । एमालेका कारण  भारत परस्त नेपाली नेताहरुको सातो गयो । दुईवटा चरणमा गरिएको निर्वाचनमा पूर्ण रुपमा नेपाली जनताले तिनलाई पराजित गराए । त्यसैले यो गठबन्धनले एमाले समाप्त पारेरै छाड््ने बर्बराहट सुरु भएको स्पष्ट हुन्छ । यो यिनको एमाले शक्तिबाट अत्ताल्लिएको अभिव्यक्ति हो । अक्सर नबर्सने मेध गर्जिन्छ । स्वामी भक्तिका लागि यो गर्जन हो । एमाले पार्टीलाई कमजोर पार्न र समाप्त पार्न खेलिएका झेली खेलको निक्कै लामो बेलिबिस्तार छ । उचालेको कुकुरले मृग मार्दैन तथापि आम स्वाभिमानी तराइमधेसका जनताहरुको मनोवल कमजोर पार्न र  गिराउन यस खालको दुष्प्रचार हुन थालेको देखिन्छ । कम्तीमा षडयन्त्रपूर्वक निर्वाचन क्षेत्र निर्धारण गरेर भए पनि भोलिका दिनमा केन्द्रीय संसदमा दुईतिहाइ पु¥याएर संविधान संशोधन गरेर हिन्दी भाषालाई साझा सम्पर्क र कामकाजको भाषा बनाउने मालिकसितको बाचा पूरा गर्ने कुचाल स्पष्ट भइसकेको छ  ।  
      सरकार बाहिर रहेर पनि  पहिलो र दोस्रो स्थानीय निर्वाचनमा एमाले आफ्नै पार्टीको  बलबुतामा पहिलो शक्तिका रुपमा उदय भयो । भारतको सबै खालको आडभरोस हुँदा पनि एमालेदेखि लुगलुग कामेका देउबा र दाहाल विदेशी प्रभुका अगाडि एमाले विरोधी प्रलाप गर्न थाले ।  तर इमान,जमान र कमाण्ड भएको एमाले यस्ता कागजी बाघका विरुद्ध धेरै पटक लड्दै विजय हासिल गर्दै आएको छ । एउटा शूरवीर एमालेदेखि बाघ पनि डराउँछ भनेझैंको अवस्था २ नम्बर प्रदेशमा देखिँदैछ । तर मान्छे मार्न तम्सने बाघ पनि मान्छेदेखि डराउने स्थिति पनि बन्छ । पञ्चायती कालरात्रि राजशाही निरङ्कुशसत्ता र तत्कालीन प्रधानमन्त्री गिरिजा कोइरालाका कम्युनिष्ट विरोधी गतिविधि तथा  माओवादी उग्रवादी दुस्साहसवादी आम नरसंहार विरुद्ध लड्दै त्यसमा विजय हासिल गर्दै उठेको जुटेको एमाले जस्तो राष्ट्रव्यापी सशक्त सैद्धान्तिक, साङ्गठनिक तथा सिर्जनात्मक सञ्जाल भएको पार्टीलाई सिध्याउँछु भन्नु दिउँसै सपना देख्नु हो । दिवार भन्ने हिन्दी सिनेमामा धन, दौलत,गाडी,घोडा र ऐस आराम लगायत तमाम सुखभोग रहेको फुटानी गर्ने भाइलाई उसकै दाजुले मसित आमा हुनुहुन्छ भनेझैँ एमाले सित नेपाल आमा छन् । एमालेमा तिनै आमाका तराईमधेस लगायत सम्पूर्ण क्षेत्र र समुदायका आम देशभक्त सन्ततिहरु छन् । त्यसैले एमाले विरुद्ध तयार पारिएका कथित चक्रब्यूहरु तोड्न एमाले अभिमन्यु सक्षम देखिन्छ । किनकि चक्रब्यूह तोड्ने मात्र होइन, त्यसलाई ध्वस्त पार्ने सारा बन्दोबस्तीका सामान अहिलेको लक्का जवान एमाले अभिमन्युसित रहेको छ । एउटा राजनैतिक पार्टीको सबै भन्दा ठूलो हतियार भनेको उसको सही विचार र सिद्धान्त हो । सिद्धान्तनिष्ठ पार्टीका नेता र कार्यकर्ताहरु  ज्यान जोखिम समेत सहेर देश,जनता र जनजीविकाको  रक्षाका सबालमा सिरमा कात्रो बाँधेर मैदानमा खडा हुन्छन् । विचार यस्तो हतियार हो यसका अगाडि बन्दुकले समेत निहुरिन कर लाग्छ । सही सिद्धान्तले आम जनताको मनलाई आकर्षित गर्छ । सिद्धान्त अनुसारको व्यवहारले सुनमा सुगन्ध हुन्छ । जननेता मदन भण्डारीले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नु पर्छ त्यसै भन्नु भएको  होइन । देश र मधेस विखण्डनकारी विदेशी प्रभुका पाउमा पसारा पर्ने देउवा र प्रचण्डलाई २ नम्बर प्रदेशका जनताले पनि देखाइदिनेछन् । यसका लागि एमाले पार्टी र यसको सबैभन्दा माथिल्लो नेतृत्व अति गम्भीर हुनुपर्छ । तिनका बीच बडील्याङ्वेजमा पनि आपसी एकता तथा मैत्री भाव झल्किनुपर्छ । नेतृत्वका बीच घनिष्ट मैत्री भाव,कार्यकर्ता तथा जनमैत्री अपरिहार्य हुन्छ । एमाले पार्टी र मोर्चा संगठनहरु एक मुख र एक जुट हुने हो भने एमाले समाप्त पार्न गरिएको गठबन्धन आफैँ ध्वस्त भएर जान्छ । अब ठूलाठूला आम सभामा मात्र भरपर्नुहुँदैन । सलहझैँ तमाम एमाले प्रदेश नं. दुईका घरघर पस्नु पर्छ । व्यक्तिव्यक्ति भेट्नु पर्छ । तिनका बीच समसामयिक राजनीतिक सबालबारे घैँटामा घाम लाग्ने गरी सम्झाउनु पर्छ । अझ एमाले विरुद्ध साङ्घातिक आक्रमणमा उतारिएका कतिपय जनताका घरमा नै गएर सम्झाउनु पर्छ । माओले भनेझै अज्ञानी जनतासित व्यर्थमा रिसाउनु हुँदैन । तिनलाई वास्तविक र यथार्थ सत्य बताउनु पर्छ । कांग्रेस, माओवादी र राजपा लगायत विपक्षका स्थानीय नेता र कार्यकर्ताका बीच सुमधूर सम्बन्ध राख्नु पर्छ । एमाले पार्टीमा आउन् नआउन् यस पार्टीलाई भोट दिउन् वा नदिउन् तिनसितको सामाजिक सम्बन्ध खलबलिन दिनु हुँदैन । एमालेको सारा शक्तिले बेलाको बोली र मौकाको काम गर्नुपर्छ । 
यसरी एमाले विरुद्ध भुईं तहमा छरिएका सारा भ्रम तोड्नुपर्छ ,तोड्न सकिन्छ । जान्दा बोलेर,बहस गरेर,अन्तर्कि्रया र छलफल गरेर आम जनतालाई विभिन्न बाना र बान्की तथा बोलीबाट देश र जनता विरोधी राजनीतिक काला कर्तुतहरु समाप्त पार्न सकिन्छ । १०३ वर्षको देशव्यापी आम जनताका बीच राणाशाहीका कर्तुतहरु बोलेर र जनताका सचेतनता बढाएर र तिनलाई सहीसत्य कुरा अगाह गरेर राणाशाही ढालेको हो । २९ वर्ष निर्दलीय निरङ्कुश राजशाही शासनका विरुद्ध देशव्यापी गुप्त वा अर्ध खुला वा खुला राजनीतिक वहसलाई अनेक जोणकोणका साथ आम जनताका बीच प्रवाह गरेर वा भनेर पञ्चायतको  दाहसंस्कार गरिएको हो । अनि प्रजातन्त्रलाई प्रतिक्रियावादी र बहुदलीय संसदीय राजनीतिलाई साम्राज्यवादी भनेर आफ्ना सबै विरोधी सबै सफाया गर्न कथित जनयुद्धमार्फत् अपार धनजन र सम्पदा स्वाहा पार्ने राजनीतिक नारामा  माओवादी र सारा गतिविधिबाट आतङ्ककारी गतिविधि गर्ने माओवादीलाई धुलो चटाउने पनि जनता नै हो । बन्दुकका भरमा आम नेपाली जनतालाई तर्साएर र थर्काएर पहिलो संविधान सभामा पहिलो शक्ति बनेको माओवादीलाई अर्को  निर्वाचनमा तेस्रो दर्जामा झार्ने मूल काम आम जनताले गरेको हो । कुनै काम हुन कारण चाहिन्छ । अक्सर पार्टीहरु आफ्नै अकर्मण्यताका कारण कमजोर हुनपुग्छन् । २०१५ सालमा संसद्मा दुई तिहाई सभासद् जित्ने कांग्रेस अहिले माओवादी नामको काम्रो बाँधेर एमाले विरुद्ध बल्लल्ल उभिएको छ ।  यसैबाट थाहा हुन्छ विपी कोइरालाको पार्टीलाई तिनका चेला चपेटाले आफ्नो स्वार्थपूर्ति गर्न कहाँ पु¥याए भन्ने कुरा । एमाले सिध्याउन कांग्रेस जस्तो पुरानो इतिहास भएको र बीपी कोइरालाको राष्ट्रवादी प्रभाव भएको पार्टी भारत सामु लम्पसार परेको छ । यही चाला हो भने यस पार्टीलाई मरेको मान्छेको लासबाट जुम्राले छोडेझैँ आम जनताले छोड्ने छन् । जनता भनेको जान्दा मौरीको घार हो,नजान्दा अरिँगालको गोला हो । यसले चिलेरै थला पार्नेछ । त्यसैले जनतासित नेपाली काङ्ग्रेसले धेरै जिस्किनु हुँदैन । अब अति भयो जनताले अब अतिचार कुनै पनि हालतमा सहनेछैन । सम्माननीय पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई कांग्रेसले गरेको दुव्र्यवहारले सम्पूर्ण न्याय क्षेत्र आक्रोशित छ । इमान्दार प्रहरी अधिकृत नवराज सिलवाल विरुद्ध नेपाली कांग्रेसले कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका समेत लगाएर खेद्यो । यसका कारण तमाम इमान्दार प्रहरी प्रशासनको सिर निहुरिएको छ । भरतपुर निर्वाचनमा कांग्रेसले माओवादीलाई बुईमा बोकेर लोकतन्त्रको प्राण हरण गरेको छ । क्षयरोग पालेर र क्यान्सर रोगलाई सुम्सुम्याएर कोही दीर्घायु हुँदैन । १०० अपराध पछि शिशुपालको बध भएको हो । एक माघले जाडो र्जादैन । भ्रष्टाचारीलाई काँध दिने,अपराधीलाई थुनछेक गर्न नदिने,राजनीतिलाई अपराधीकरण गर्न उद्यत कांग्रेस अब कांग्रेस रहेन । अब कांग्रेसका विरुद्ध आम जनमत भड्किन सक्छ । त्यो दिन आउन अब धेरै दिन देखिन्न । अपराधको घडा भरिएपछि त्यो घडा फुट्नु अपरिहार्य हुन्छ । हिरण्यकशिपुको घरमा नै भक्त प्रल्हादको जन्म भएको थियो । त्यहाँ जन्मिएन भने जनताको घर आँगनमा अपराधीको चिहान खन्ने सन्तान जन्मिन्छ । सूर्यको उदय अवश्यंभावी छ । 

Related News