​‘भैरहवामा एमालेको जितले राष्ट्रियता बलियो बनाएको छ’

नरेश क.सी, भैरहवा २७ असार । भर्खरै सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्र्तगत सिद्धार्थनगर भैरहवामा एमालेले मेयर उपमेयरसहित बहुमत वडा जितेको छ । जितको खुसीयालीमा एमाले सिद्धार्थनगरको आयोजनामा विहीबार भैरहवामा विजयी ¥याली सम्पन्न भएको छ । भैरहवाको लुम्बिनीगेटबाट  बाजागाजा, झाँकी सहित हजारौंको सहभागितामा निस्केको ¥याली सहरको विभिन्न ठाउको परिक्रमा गरी महेन्द्र सभागृहमा पुगी धन्यवादसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री तथा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले उमेदवारलाई विजयी गराएकोमा भैरहवाका मतादतालाई धन्यवाद दिदै त्यसको बदलामा भैरहवाको विकासको लागि बजेटको कमि हुनै नदिने बताए । उनले भने ‘भैरहवामा चुनाब जितेर एमालेमाथि लाग्दै आएको मधेस विरोधीको आरोप स्वतः खण्डित भएको छ । यहाँको पार्टीले निर्वाचनको क्रममा जारी गरेको ६५ बुँदे प्रतिबद्धतापत्र अनुसार योजना सम्पन्न गर्नको लागि आवश्यक बजेटको व्यवस्थापन हामीले केन्द्रबाट गर्नेछौं । बजेटको कमीले काम भएन भन्ने तपाईंहरुले सुन्न पर्नेछैन ।’
पूर्वमन्त्री पौडेलले भैरहवामा एमालेले ५ वर्षमा जनताले सोचेभन्दा बढी विकास गरेर देखाइदिने गरी निर्वाचित जनप्रतिनिधिले काम थाल्ने र त्यसको लागि आवश्यक बजेटको व्यवस्थापनमा पार्टी नेतृत्वले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
सोही अवसरमा पूर्वमन्त्री तथा एमालेका अर्का उपमहासचिव घनश्याम भुसालले सीमावर्ती शहर भैरहवामा एमालेको जितले राष्ट्रियता बलियो भएको तर्क गरे । भुसालले अबको ५ वर्षमा एमालेले भैरहवामा अत्याधिक जनप्रिय काम गर्ने विश्वास गरे ।
पार्टीका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले भैरहवामा सूर्य उदाएकाले अब यो कहिल्यै नअस्ताउने तर्क गरे । पार्टीका पोलिटब्युरो सदस्य राधा ज्ञवालीले सुन्दर र शान्त भैरहवा बनाउने गरी एमालेका प्रतिनिधि निर्वाचित भएको बताइन् । पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले भैरहवामा अब कसैले पनि आँखा लगाउन नसक्ने बताए । 
सभालाई सम्बोधन गर्दै सांसद आदित्यनारायण कसौधनले दशकौंको सपना पूरा भएको बताउँदै भैरहवामा उदाएको सूर्य कहिल्यै नअस्ताउने बताए ।
सोही अवसरमा मेयरमा निर्वाचित हरिप्रसाद अधिकारीले सिद्धार्थनगरलाई आगामी ५ वर्षभित्र नमुना नगर बनाएर जाने बताए । उनले पार्टीको नीति र सिद्धान्त अनुसार समाज विकासको मोडललाइ प्रयोग गर्दै आफू अघि बढ्ने पनि बताए । नवनिर्वाचित उपमेयर उमा काफ्लेले सिद्धार्थनगरलाई लैंगिक मैत्री र सबैको नगर बनाउने गरी निर्वाचनताका जारी गरिएको प्रतिबद्धता पत्र अनुसार काम गर्ने बताइन् । 
सोही अवसरमा प्राज्ञ बुँद रानाले भैरहवाका जनताले इतिहास रचेको भन्दैं प्रगतिशील गजल गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । डा. रामप्रसाद बस्यालले भैरहवाका जनता सचेत भइसकेको कुरा निर्वाचनले सिद्ध गरेको बताउँदै जनतालाई साथमा लिएर नवनिर्वाचित जनप्रतिनिधिले काम गरेमा भैरहवा एमालेको लालकिल्ला हुने ठोकुवा गरे ।
एमाले नेता भरतकुमार पोखरेलले भैरहवालाई साँच्चिकै सुन्दर शान्त र मुलुककै नमूना सहर बनाउने गरी एमालेले सारेको योजना लागु गर्न निर्वाचनले म्यान्डेट दिएको जनाए । निर्वाचन परिचालन कमिटीका संयोजक जिवलाल अर्यालले एमालेका उमेदवार र एमालेलाई विश्वास गरेर भैरहवामा विजयी गराएकोमा सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए ।
वडामा को–को विजयी ?
एमालेले सिद्धार्थनगर भैरहवामा मेयर उपमेयरसहित ३४ सिट जितेको छ । मेयरमा हरिप्रसाद अधिकारी, उपमेयरमा उमा काफ्ले विजयी भएका हुन् । यसैगरी वडा नम्बर २ को अध्यक्ष दीपककुमार थापा, महिला सदस्यमा इन्दिरा क्षेत्री र खुल्ला सदस्यमा राजेन्द्रसिंह खड्का, वडा नम्बर ३ को अध्यक्षमा थानेश्वर पौडेल , दलित महिला सदस्यमा बेलकुमारी निरन्जन र खुल्ला सदस्यमा मोलुह गुप्ता,  वडा नं ५ को अध्यक्षमा चेतबहादुर क्षेत्री  र खुल्ला सदस्यमा मोहित सेठीया निर्वाचित भएका छन् । 
यसैगरी वडा नम्बर ७ को महिला सदस्यमा विमला आचार्य, दलित महिला सदस्यमा राधिका ढाडी र खुल्ला सदस्यमा हरिप्रसाद काफ्ले निर्वाचित भएका छन् । वडा नम्बर ८ को महिला सदस्यमा चन्द्रकला खनाल, दलित महिला सदस्यमा रुपा बराइलीm, खुल्ला सदस्यमा असगरअली मुसलमान र उमेश थापा लाटोमगर रहेका छन् । यसैगरी वडा नम्बर ९ को सदस्यमा अध्यक्षमा शेषकान्त भण्डारी, महिला सदस्यमा लक्ष्मीदेवी पाण्डे, दलित महिला सदस्यमा सविता हरिजन, खुल्ला सदस्यमा राजपति कुर्मी र युवराज बराल रहेका छन् । यसैगरी वडा नम्बर ११ को अध्यक्षमा दिलीपकुमार यादव, महिला सदस्यमा शहनाज बेगम, दलित महिला सदस्यमा शुभावति हरिजन, खुल्ला सदस्यमा अकबाल मुसलमान र नरेश अहिर रहेका छन् । वडा नम्बर १२ को महिला सदस्यमा दुप्रता पनेरु, दलित महिला सदस्यमा सिताकुमारी सुनार, खुल्ला सदस्यमा कुमार गुरुंग र सरोज ठकुरी निर्वाचित भएका छन । यसैगरी वडा नम्बर १३ को अध्यक्षमा सतिस मर्सानी, महिला सदस्यमा शिव श्रेष्ठ र खुल्ला सदस्यमा केदारमान राजभण्डारी निर्वाचित भएका छन् ।

Related News