​जनप्रतिनिधिलाई एमाले झापाको अभिभुखीकरण कार्यक्रम

दृष्टि न्यूज

विर्तामोड, २७ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले स्थानीय तहको जन प्रतिनिधिहरु जिम्मेबार भएर विकास निर्माणमा लागे मात्रै नेकपा एमालेले निर्वाचनताका गरेको घोषणा पूरा हुने बताउनु भयो ।
नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा पार्टी कार्यालयको सभाकक्षमा आयोजित स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा प्रमुख अथिति हिक्मत कार्कीले यस्तो धारणा राख्नु भएको हो । उहाँले प्रदेश सरकारले स्थानीय सरकारलाई विकास बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अब पनि विकासमा स्थानीय सरकारले नेतृत्व गर्न नसक्ने हो भने जनप्रतिनिधिहरु अलोकपृय हुने तफै सचेत गराउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य समेत रहनु भएका प्रदेश मन्त्री कार्कीले स्थानीय सरकारसँग जति सम्भावनाहरु छन् त्योभन्दाबढी चुनौति भएकोले जनताको काममा इमान्दार पूर्वक लाग्न निर्देशन गर्नुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य हरि राजवंशी, केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य देवेन्द्र दाहाल, अनुशासन आयोगका सदस्य अर्जुन राई, केन्द्रीय सल्लाहकार नरेश खरेललगायतले शुभकामना तथा जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भएको थियो । 
सो अभिमुखिकरण कार्यक्रममा पार्टी केन्द्रीय विभागका विषय विज्ञ खिमलाल देवकोटाले सामाजिक आर्थिक रुपान्तरणमा स्थानीय सरकारको योजना र बजेटको विषयमा प्रशिक्षण दिनु भएको थियो । 
कार्यक्रममा सहजिकरण गर्दै दमक नगर पालिकाका नगर प्रमुखसमेत रहनु भएका एमाले प्रदेश सल्लाहकार रोमनाथ ओलीले जनप्रतिनिधिहरुको अनुभव र गर्नुपर्ने कामका बारेमा प्रशिक्षण दिनु भएको थियो । 
जिल्ला समन्वय समिति झापाका प्रमुख तथा प्रदेश कमिटीका सदस्य सोमनाथ पोर्तेलले स्थानीय तहको विकास र संरचनाको बारेमा प्रकाश पार्नु भएको नेमाले मोर्चा संगठन प्रमुख शिव ढुङ्गेलले जानकारी दिनु भयो । 
कार्यक्रम नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा सचिव मदन अधिकारीले सञ्चालन गर्नु भएको थियो ।     

Related News