​कार्यकर्ताले दिन थाले पार्टी एकताका लागि नेतृत्वलाई दबाब

नन्दा थापा, बाजुरा, २१ पुस । बाम गठबन्धनबीच पार्टी एकता गर्न दबाबस्वरुप नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाजुराले दबाब दिएका छन् । पार्टी एकता हुने नहुने विषयमा भइरहेका टिका टिप्पोणीको विरोध गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन दबाब दिएका हुन् ।
गठबन्धनलाई लगभग दुईतिहाई बहुमत दिएर जनताद्धारा अनुमोदन गरिसकेको चुनावी अभियानकै समयदेखि कार्यगत एकताका साथै भावनात्मक एकता कायम भैसकेको सन्दर्भमा पार्टी एकताको प्रक्रिया शिघ्र अगाडी बढाई पार्टी एकीकरणको महान अभियानलाई तार्किक निष्कर्षमा पु¥याउनका लागि वामपन्थी कार्यक्रर्ताहरुका तर्फबाट जोडदार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।
संघीयसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको महिना दिन बितिसक्दा पनि समानुपातिक निर्वाचनतर्फको अन्तीम नतिजा घोषणा नगरिनुले वामपन्थीहरुको एकल सरकार बनाउन नदिने र पार्टी एकिकरणमा चलखेल गर्न खोजिएको र देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले पार्टी एकिकरण र बहुमतको एकल सरकार बन्न नदिन गरेको चलखेल, जालझेल र षडयन्त्रको घोर भत्र्सना गर्दै, निर्वाचन आयोगले पनि उक्त कार्यलाई सघाउ पु¥याउने काम गरेको प्रति आपत्ति जनाएका छन् ।
एमाले पार्टी उपसचिव गगन रावल र माओवादी केन्द्रका सचिव दिपक बुढाले हस्ताक्ष गरेको विज्ञप्तीमा निर्वाचनको जनादेश र विधमान संवैधानिक तथा कानूनी ब्यवस्थाको वर्खिलापमा नजान  निर्वाचन आयोगलाई चेतावनी दिएको छ । समानुपातिक निर्वाचनको अन्तिम नतिजा अविलम्व घोषणा गरि सरकार गठनको मार्ग प्रशस्त गरिदिनका लागी निर्वाचन आयोग संग माग गरेका छन् ।
जिल्लाका केही स्थानिय तहहरुले जनप्रतिनिधी पाइसकेपछि नीति नियम ऐन कानूनलाई लत्याएर मनोमानि तरिकाले काम गर्ने र जनताका काममा ढिलासुस्ती र पूर्वाग्रहीपन देखाउने गरेको प्रति विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् । 
स्थानीय तह कार्यविधी ऐन नियम र पद्धतिलाई मिचेर जनताको पसिनाबाट महंगो कर उठाउने र नियम विपरित तलब सुविधा लिने, विषयगत कार्यालयहरुको क्रमागत योजनालाई ख्यालै नगरी मनपरी दुरुपयोगको उद्देश्य राखी दामाशाही तरिकाबाट योजनाको बाँडफाँड गर्ने गरेको देखिन आएकाले आगामी दिनहरुमा पनि यस्तै खालको प्रवृत्ती रहँदै आएमा बाजुराका बामपन्थीहरुबाट कडा प्रतिबाद गर्ने  र विधि पद्धतिलाई मिचेर मनपरीतन्त्र चलाउने कुचेष्टा गरेमा त्यसको विरुद्ध कडा कदम चाल्न बाध्य हुने विज्ञप्तिमार्फत सचेत गराएका छन् । 


Related News