एमाले–माओवादी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसीरहेको छ । एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन बैठक बसेको नेतहरुले बताएका छन ।

वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने बताएका एमाले र माओवादीबीच प्रतिनिधित्वलगायत विषयमा कुरा टुंगिन रहेकान विषयमा आज ठोस निर्णय हुने अनुमान गरिएको छ ।  यसअघि सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच यी विषयमा एक्लाएक्लै छलफल भएको थियो।

केही समयदेखिको संवादहीनताको बीचमा एकता संयोजन समितिको बैठक हुन लागेकाले आजको बैठकलाई चासोका साथ हेरिएको छ। बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ।

Related News