सकियो ओली–प्रचण्ड ‘वान टु वान’वार्ता: भोलि एकता समितिको बैठक बस्ने

दृष्टि न्यूज

काठमाडौं , २ जेठ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा एकल वार्ता केहि बेर अघि सकिएको छ ।

  एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा छलफल भए पनि टुंगो भने लाग्न सकेको छैन। 

आज  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भोलि १० बजे एकता संयोजन समिति बैठक बोलाउने सहमति भएको छ । पछिल्लो समय पार्टी एकताका लागि २ अध्यक्षबीच वान टु वान हुँदै आएकोमा अहिले आएर फेरि एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

ओली र प्रचण्डको वार्तापछि एमालेको स्थायी कमिटी बैठक बस्नेछ । अपरान्ह बस्ने बैठकमा पार्टी एकतामा भइरहेको प्रगतिबारे अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनेछन् ।

Related News