​आजै ४ बजे एमाले स्थायी कमिटी, भोलि केन्द्रीय समिति बैठक बस्ने

दृष्टि न्यूज

काठमाडौं ।
पार्टी एकता र सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गर्न आज अपरान्ह ४ः०० बजे स्थायी समिति बैठक आह्वान गरिएको एमाले पार्टी कार्यालयले जनाएको छ । 
आजै विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि डाएिको एकता संयोजन समितिको बैठकको अघिल्लो दिन स्थायी समिति बैठक आह्वान गरिएको हो । 
उता, अपरान्ह ४ः०० बजेकै समयमा माओवादीले समेत पार्टी कार्यालयको बिस्तारित बैठक आह्वान गरेको छ । दुवै पार्टीको बैठक एउटै समयमा बस्न लागेको हो । त्यस्तै नेकपा एमालेले भोलि बिहिबार केन्द्रीय समितिको बैठक समेत आह्वान गरेको छ । सम्भवतः भोलिको केन्द्रीय समितिको बैठकबाट पार्टी एकताबारे टुंगा लगाउने उच्च स्रोतले बतायो ।

Related News