पार्टी एकताबारे निर्णय लिन एमाले स्थायी कमिटी बैठक बस्दै

दृष्टि न्यूज

काठमाडौं , २ जेठ । 
नेकपा (एमाले) स्थायी कमिटीको  बैठक आज दिउसो ४ बजे प्रधानमन्त्री कार्यलय वालुवाटार बस्ने भएको छ ।  पार्टी एकताका कुरा ओझेलमा परेको चर्चा  चलीरहेको बेला यसै बिषया केन्द्रीत हुने गरी एमाले बैठक बस्न लागेको बुझिएको छ । 

पार्टी एकता , मोदीको नेपाल भ्रमण , र जेठ  ७ गते सरकारको ल्याउने लागेको  नीति तथा कार्यक्रमका बिषयमा पनि छलफल हुने एमाले नेतहरुले जनाएका छन ।

पार्टी एकताका बिषयमा विभिन्न खालका टिका टिप्ढी भई रहेका बेला एमाले (एमाले) अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले  हिजो काठमाडौंमा आयोजित एक कार्यक्रम  “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई र तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ  ओलीले भनेका थिए । 
 

Related News