एमाले स्थायी कमिटी बैठक बस्दै

दृष्टि न्यूज

 काठमाडौं ,३ वैशाख। नेकपा एमाले स्थायी कमिटीको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । 

सोमवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता सम्बन्धमा बर्ता भए पछि एमालेले आजै साँझ वैठक डाकेको हो । 

आज बस्ने बैठकमा पार्टी एकता र आगामी वैशाख ६ गते बस्ने पोलिटब्युरो बैठक र ७ गते बस्ने स्थायी समितीको बैठकको तयारीका बिषयमा पनि छलफ हुने बुझिएको छ । त्यस्तेै भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा टुङगो लगाउने बिषयमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।

Related News