​‘हारेका ठूला नेता राष्ट्रियसभामा जानुहुँदैन’

दृष्टि न्यूज

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पराजीत केही उच्च नेताहरुलाई राष्ट्रियसभाको मनोनीत सिटमा लैजाने चर्चा चलिरहेको छ । मनोनीत हुने ३ सिटमा एमाले, कांग्रेस र माओवादी केन्द्रले एक एक भागबण्डा गर्ने र त्यसमा पराजीत भएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका बामदेव गौतम र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई लाने कुरा बाहिर आएको छ ।
 ‘पराजीत भएकाहरु ५ बर्षसम्म जनताले जहाँ बस भनेका छन्, त्यहीँ बस्नुपर्छ । यो झिंगा मार्ने काम गर्नुहुँदैन, नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडाले भने, पराजीत हुनेहरु जनतामा जानुपर्छ । राष्ट्रियसभाको तीन सिटमा बौद्धिक बर्गलाई ल्याउनुपर्छ । पराजीत भएकाहरुले आफैं नैतिक रुपमा राष्ट्रियसभामा जान मिल्दैन । 

Related News