युरोप र अमेरिकाको सपना देख्दै निगम

काठमाडौं, २७ चैत । नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिई विभिन्न पाइलाहरु चालिरहेको भए तापनि युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका देशबाट नेपालमा सिधा उडान नभएका कारण नेपाल एशियाकै सवभन्दा महंगो गन्तव्यहरुमध्येमा परेको छ । युरोप, अमेरिका, अष्ट्रेलिया र जापानबाट नेपाल आउने पर्यटक बैंकक, ग्वानझाओ, दोहालगायतका ठाउँबाट आउनु पर्दा भाडादर महंगो मात्रै होइन, समय पनि उत्तिकै खर्चन बाध्य छन् । नेपालमा विदेशी पर्यटक संख्या बढाउन नेपाल वायुसेवा निगमको ठूलो भूमिका भएकोले निमगलाई सक्षम बनाउनुबाहेक अरु विकल्प छैन । त्यसैगरी मुलुकको भौगोलिक स्थितिलाई दृष्टिगत गर्दा आन्तरिक उडान तर्फ मुलुकको सम्पुर्ण चालू विमानस्थलहरुमा निगमले नियमित उडान गरी नियमित सेवा दिन सकेको खण्डमा ग्रामीण क्षेत्रको पर्यटन विकासका साथै आर्थिक तथा सामाजिक उत्थानमा ठूलो योगदान हुने निश्चित छ ।
विगतको ३÷४ दशकको स्थितिलाई केलाएर हेर्दा सन् १९९० मा अन्तर्राष्ट्रिय सेवा तर्फ ११ वटा गन्तव्य र मुलुक भित्र ३९ वटा विमानस्थलमा सेवा दिईरहेको अवस्था थियो । सामान्य ब्यापारिक सिद्धान्तअनुसार पनि विमान थप्दै र तदनुरुप गन्तव्य थप्दै निगमले आप्mनो व्यापारिक कारोबार बढाउँदै लग्नुपर्नेमा विगतमा झन् झन् खुम्चँदै गएको एक तीतो यथार्थ हामीसामु छ । जतिसुकै राजनीतिक परिवर्तन भए पनि त्यो परिवर्तनको अनुभूति निगमले गर्न पाएन । उल्टै राजनैतिक हस्तक्षेपका कारण निगम डुब्ने अवस्थामा पुगेको यथार्थ हो । अहिले समय परिवर्तन भएको छ । दुईतिहाईभन्दा बढीको स्थायी सरकार बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध नेपालको’ नारा अगाडि सारेका छन् । प्रधानमन्त्री ओलीको यो नारालाई साकार पार्न पनि निगमलाई हरेक कोणबाट बलियो बनाउँदै लैजानु पर्छ । विश्वका कतिपय देशको अर्थतन्त्रलाई हवाई सेवाले टेवा दिइरहेको अवस्था छ । नेपालकै कुरा गर्ने हो भने विदेशी कम्पनीले ९० प्रतिशत व्यापार गरिरहेका छन् भने निगमले १० प्रतिशतमात्रै व्यापार गरेको छ । त्यसको एउटै कारण भनेको ठूलो जहाजको अभाव हो ।
तसर्थ अवका दिनहरुमा निगमले व्यापारिक कारोवार बढाउंदै विदेशी पर्यटक संख्या बढाउने कार्यमा मद्दत गर्न तथा मुलुकभित्रको हरेक विमानस्थलमा सेवा पु¥याई मुलुकको आर्थिक तथा सामाजिक प्रगतिमा टेवा दिने नीति अगाडि बढाएको छ । तर, पूर्ण सरकारी स्वामित्व भएकोले सरकारको ध्यान भने निगममा जानैपर्छ ।
अन्तर्राष्ट्रिय सेवातर्फ सन् २०१२ मा निगमले बोकेको यात्रू संख्या २ लाख मात्र थियो भने अहिले बर्षको दुई लाखभन्दा बढी पूगिसकेको छ । यसरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्गम भएको कूल अन्तर्राष्ट्रिय हवाई यातायातको व्यापारको करिब १० प्रतिशत निगमले कब्जा गर्नमा सफल भएको र नयां दुईवटा वाईड बडी संचालनमा आएपछि यो १६÷१७ प्रतिशत पुग्ने अपेक्षा निगमले गरेको छ । यसको अलावा हवाई सेवा क्षेत्रमा महत्वपुर्ण मानिने विश्वसनीयता र निर्धारित समयमा पनि सूधार हुँदै गएको तथ्यांकबाट देखिन्छ । अव निगमको उद्देश्य भनेको यस संस्थालाई एक अन्तर्राष्ट्रिय स्तरकै संस्थामा परिणत गर्ने हो । यस्को लागि निगमले ३ वटा पक्षमा ध्यान दिएर अघि बढ्ने नीति लिएको छ ।

विमान थप्ने योजना
पहिलो प्राथमिकता भनेको अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दूबै तर्फ विमान थप्दै निगमको कूल आय बढाउंदै लग्ने हो । यही नीति अन्तर्गत ६ वटा ट्वीनअटर र २ वटा थप ए ३२०–२०० खरिद गर्ने प्रकृया सुरु गरिसकेको छ । नयाँ विमान थप्ने कार्य संग संगै निगमसंग भएका सबै पुराना विमानहरु आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरिनेछ । 

हवाई सुरक्षा
दोश्रो महत्वपुर्ण पक्ष भनेको हवाई सुरक्षा हो । हवाई सुरक्षालाई उच्च प्राथमिकता दिएर जुनसुकै मूल्य चूकाएर भए पनि सुरक्षाको मामलामा अन्तर्राष्ट्रियस्तरमा नै पु¥याउने कार्य प्रारम्भ गरिसकेको छ । यसको लागि इन्जिनियरिङ र संचालनतर्फ एक÷एक जना विदेशी विज्ञलाई करारमा नियुक्त गर्न पनि निगमले आवश्यक पाइला चालिसकेको छ । यसैगरी मर्मतसम्भारतर्फ पनि अन्य एयरलाइन्सले गर्ने गरेको बढी प्रभावकारी प्रणाली अंगीकार गर्दै जाने नीति निगमले लिइसकेको छ । उदाहरणको लागि नयाँ आउने दुईवटा वाईड बडीको चारवटा इन्जिनको सम्पूर्ण मर्मत सम्भार तथा सञ्चालनको जिम्मा इन्जिन निर्माता कम्पनीलाई नै दिन निगमले कम्पनीका पदाधिकारीहरुसँग छलफल सुरु गरिसकेको छ । टोटल केयर प्याकेज भन्ने सेवा उक्त कम्पनीले बाहेक अरु कम्पनीले दिन नसक्ने र विश्वको करिव ९५ प्रतिशत एयरलाइन्सहरुले यसरी आउट सोर्सिङको अवधारणाबाट रोल्स रोयजको इन्जिनहरुको मर्मत सम्भार गरिरहेको जानकारी प्राप्त भएको छ । यसरी निर्माता कम्पनीले मात्र दिन सक्ने सेवा खरिद गर्न सार्वजनिक खरिद ऐन २०६३ मा विनाटेण्डर सोझै खरिद गर्न सक्ने प्रावधान रहेकोले एकै पल्ट १२ बर्ष अवधिको लागि निकट भविष्यमा ल्याइने दुई वाईड बडीका २ वटै इन्जिनको सञ्चालन, मर्मत सम्भार तथा इन्जिनहरुको लाईफ साइकल व्यवस्थापनको सम्पूर्ण जिम्मा रोल्स रोयज कम्पनीलाई दिई निगमको हवाई सुरक्षा क्षमतालाई बृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनेतर्फ आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । 

मर्मत सम्भार
यस खालको आउट सोर्सिङ कार्य निगमको इतिहासमा पहिलोपल्ट गर्न लागेको हो । यसरी चारवटा इन्जिनको सम्पूर्ण मर्मत सम्भार तथा सञ्चालनको जिम्मा इन्जिन निर्माता कम्पनीलाई नै सुम्पिदा प्रत्येक महिना करिब रु. ६ करोड लाग्ने अनुमान गरिए तापनि यस सम्वन्धमा कम्पनीसँग वार्तालाप गरी केही हप्तामा नै टुंगोमा पुग्ने छ । चराले ठोकेर अथवा अन्य जुनसुकै कारणले इन्जिनमा खराबी आए पनि सम्पूर्ण मर्मत खर्च लगायत जगेडा इन्जिन समेतको व्यवस्था तथा निश्चित समयमा गर्नै पर्ने मर्मत कार्यहरुका लागि कुनै थप शूल्क लागेमा उक्त रोल रोयज कम्पनीले गर्ने छ । यसबाट निगमलाई ठूलो आर्थिक फाइदा हुनेछ ।
व्यवस्थापन सूधार
निगमलाई एक अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट संस्थामा रुपान्तरण गर्न तेश्रो महत्वपुर्ण पक्ष भनेको व्यवस्थापन सूधार नै हो । व्यवस्थापन सूधारको एक महत्वपुर्ण पाटोको रुपमा लिन सकिने कम्प्युटराइजेसन कार्य जोडतोड्का साथ थालिसकेको छ । त्यसैगरी बृहत रुपमा ओ एन्ड एम सर्भेको काम भइरहेको छ र केही हप्तामा नै ओ एन्ड एम सर्भेको रिपोर्ट अन्तिम निर्णयको लागि सञ्चालक समितिमा पेश गरिने छ । यसको अलावा निगमभित्रको जनशक्तिको क्षमता र कार्य दक्षता, विधि, प्रणाली, प्रक्रिया, निर्णय गर्ने सामथ्र्य, कर्मचारीहरुको कार्यसंस्कार र मन परिवर्तन, निगमको समग्र मूल्य मान्यता र संस्थागत संस्कार, टिम स्पिरिट, हरेक कर्मचारीको बानी व्यहोरा आदि पक्षहरुमा निरन्तर रुपमा ध्यान दिएर एक सरकारी स्वामित्वको संस्था भए पनि निजी संस्थाहरु खासगरी अर्बौं डलर हैसियत भएका विदेशी एयरलाइन्सहरुसँग निरन्तर रुपमा प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा पु¥याउने लक्ष लिएको छ । 

तथ्यांकमा निगम
– निगमका अनुसार गत आर्थिक वर्ष २०७३र७४ मा तीन हजार तीन सय ५८ वटा अन्तर्राष्ट्रिय उडान भएका थिए । तीन वर्षअघिको दाँजोमा उडान संख्या एक सय १५ प्रतिशतले वृद्धि भएको छ ।
– सन् २०१७ मा निगमले चार लाखभन्दा बढी यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्य पु¥याएको थियो । पाँचदेखि ६ वर्षअघि निगमले वार्षिक दुई लाख हाराहारी अन्तर्राष्ट्रिय यात्रु बोक्थ्यो । एक खर्ब रुपैयाँबराबरको नेपालको उड्डयन बजारमा निगमको हिस्सा १० प्रतिशत पुगेको छ । 
– निगमले हाल भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, कतारको दोहा तथा हङकङ उडान गरिरहेको छ ।
– निगमका अनुसार गत आव अन्तर्राष्ट्रिय उडानतर्फ पाँच लाख ७३ हजार आठ सय ६० सिट उपलब्ध भएका थिए र त्यसबाट चार लाख २२ हजार ६ सय ४७ यात्रु विभिन्न गन्तव्य पुगेका थिए । अघिल्लो वर्ष चार लाख ६९ हजार ५७ सिट उपलब्ध भए पनि तीन लाख ४४ हजार पाँच सय ४० यात्रु उडेका थिए । 
– गत आव अन्तर्राष्ट्रियतर्फ ११ लाख ३० हजार ६ सय ९९ किलो कार्गो बोकेको निगमले अघिल्लो वर्ष १० लाख ८० हजार ६ सय २५ किलो र त्यसअघि आठ लाख ६३ हजार पाँच सय ७३ किलो कार्गो बोकेको थियो । 
– गएको वर्ष निगमको अन्तर्राष्ट्रिय उडान विश्वसनियता ९८ प्रतिशत थियो । अघिल्लो वर्ष ९८.२ प्रतिशत पुगेको थियो । निगमका अनुसार तोकिएको समयमै जहाज उडान (पंक्चुआलिटी) ७५.८ प्रतिशत रहेको छ । यस्तो पंक्चुआलिटी अन्य अन्तर्राष्ट्रिय वायुसेवा इथियोपियन एयरलाइन्सको ७४.८, स्पाइसजेट ७३.७, थाई एयर एसिया ७४.४, चाइना साउदर्न ६४.१, चाइना इस्टर्न ६१.८, एयर चाइना ६०.१, टर्किस एयरलाइन्स ७६.३, लुफ्थान्सा र एयर फ्रान्स क्रमशः ७६ प्रतिशत छ। निगम जहाजका सिट भराइ दर (अकुपेन्सी) दोहा सेक्टरमा ८८.१ प्रतिशत, हङकङमा ८५.५, क्वालालम्पुर ८३, नयाँदिल्ली ८३.४, मुम्बई ६७.८ र दुबईमा ६९.७ प्रतिशत छ ।

Related News