​ट्रम्पको विजय र असफल सर्वेक्षण


५३ प्रतिशत महिलाले हिलारी छाडी, ट्रम्पलाई मत दिए


वासिङ्टन (अमेरिका), ३ मंसिर । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित व्यक्तित्व डोनाल्ड ट्रम्पले अधिकांश व्यक्ति तथा संस्थाको अनुमान मतदान सर्वेक्षणविपरीत नतिजा ल्याउन सफल भए भन्ने विषयमा अमेरिकी राजनीतिका जानकार, विज्ञ तथा मत सर्वेक्षकले मूल्यांकन सुरु गरेका छन् । 

अमेरिकी निर्वाचनका समयमा भएको मत सर्वेक्षणले सही अनुमान गर्न नसक्दा निर्वाचनको परिणाम जति बेला घोषणा भयो सबैलाई चकित तुल्यायो । सर्वेक्षणले विश्वभरी अमेरिकी पूर्व विदेशमन्त्री तथा रिपब्लिकन पार्टीका नेता हिलारी क्लिन्टन विजय हुने विश्वास गरिएको थियो । यस्तो किन भयो भन्ने प्रसंगमा ब्रकिङ्स इन्सिटच्युसनका वरिष्ठ सदस्य डारेल वेस्टले भने, ट्रम्पका मतदाताहरुले मत ट्रम्पलाई नै दिने अडान लिएर बसे पनि सर्वेक्षणमा आपूmलाई खुलाउन चाहेनन् । यसमा ट्रम्पबाट आएका अभिव्यक्तिप्रति सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका आलोचना कारक थिए ।

अमेरिकी निर्वाचन अभियानको सुरुदेखि नै ट्रम्पद्वारा गरिएको विवादास्पद टिप्पणी वास्तवमै उनीमाथि आएको आलोचनाको कारक बने । रिपब्लिकन नेता ट्रम्पले मेक्सिकोबाट अमेरिकामा आएका मेक्सिकन नागरिकमाथि अपराधी, बलात्कारी भन्दै विश्वबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीको फिर्ता गर्ने घोषणा गरे । यीमध्ये लाखौं स्पेनी भाषा समुदायका मानिस थिए । लाखौंको उपस्थिति रहेको समुदायविरुद्ध मतदाता खुलेर बोल्दा आपूmमाथि साम्प्रदायिक पूर्वाग्रह राखेको देखिने भयका कारण उनीहरु बोल्न चाहँदैनथे तर उनीहरुको मौन समर्थन ट्रम्पप्रति थियो । 

पछिल्लो तथ्यांकले ५३ प्रतिशत अमेरिकी महिलाले ट्रम्पलाई मत दिएको देखाएको छ । आधाभन्दा बढी गोरा जातिका महिलाले ट्रम्पले आफ्नो चासोलाई सम्बोधन गर्ने आश्वासनपछि ट्रम्पलाई नै मतदान गरे । उनीहरुलाई आफ्नो समस्या सम्बोधन ट्रम्पबाट हुने विश्वास बन्यो । 

ट्रम्पप्रति अमेरिकी जनताको अर्को आकर्षण बाराक ओबामाले अमेरिकी अर्थतन्त्रमा सुधार गर्ने प्रतिबद्धताअनुरुप काम गर्न नसक्नु थियो । अमेरिकी अर्थतन्त्रमा जुन समस्या देखियो यसलाई वर्तमान राष्ट्रपति बाराक ओबामा सत्तामा रहँदा केही हदसम्म सम्बोधन भए पनि अपेक्षाकृत सुधार आउन नसकेकको ट्रम्प समर्थक अमेरिकीको दावी छ । उनीहरुले ग्रामिण समुदायको अर्थतन्त्र सुधार हुन नसक्दा ग्रामिण जनतामाझ राष्ट्रपति ओबामाले आठ वर्षसम्म पनि अर्थतन्त्र सुधार गर्न नसकेको महसुस भएका कारण निरास ग्राणिम क्षेत्रका बासिन्दा ट्रम्पतिर झुके । तर सर्वेक्षणले बढी महत्व घना जनसङ्ख्या रहेको शहरी क्षेत्रलाई महत्व दिए । 

न्यूयोर्क तथा वासिङ्टनमा अथाह रोजगारीका अवसरमा रहेपनि ग्रामिण क्षेत्र भने विगत कैयौँ वर्षदेखि आर्थिक गतिविधिले उल्लेख्य स्थान पाउन नसक्नु र अर्बपति व्यापारी निर्वा्चित भएमा यसको सम्बोधन हुने आशाका साथ ग्रामिण सुदायबाट ट्रम्पलाई समर्थन मिल्यो । 

लसभेगसस्थित यूनिभर्सिटी अफ नाभाडाका सहप्राध्यापक डान ली प्राविधिक रुपमा अमेरिकी सर्वेक्षण सही रहेको दावी गर्छन् । सर्वेक्षणमा दावी गरिएअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन अमेरिकीबीच लोकप्रिय भएको प्राप्त लाखौं बढी मतले प्रमाणित गर्ने उनी बताउँछन् । तर ट्रम्प पक्षमा ‘इलेक्टोरल भोट’ बढी हुँदा राष्ट्रपति निर्वाचनमा विजय रिपब्लिकन उम्मेदवारको भएको हो । 

सर्वेक्षणमा अमेरिकी संघीय राज्यमा कसको पकड कति रहेको भन्ने मूल्यांकन गर्न सर्वेक्षक संघसंस्था असफल भएको उनको ठम्याइ छ । यो ठूलो क्षेत्रमा फैलिएको भूभागका लागि समस्याको विषय बन्ने गरेको उनी बताउँछन् । 

सर्वेक्षणमा कमजोरी हुनुमा अमेरिकीहरुबीच ठूलो सङ्ख्यामा सेल फोन प्रयोगकर्ता हुनु र कम प्रतिक्रिया आउनु पनि जिम्मेवार भएको लीको दाबी छ । ट्रम्पको विजयको सम्पूर्ण रहस्य खुल्न भने अझै केही समय पर्खिनुपर्ने विज्ञहरुको भनाइ छ । रासस÷सिन्ह्वा

Related News