​अमेरिकी दुतावासको टेवल फार्म

काठमाडौं । अमेरिकी दूतावासले नेपालको कृषि क्षेत्रको सफलतालाई उजागर गर्न ‘टेबल फार्म’ कार्यक्रमको सुरुवात गरेको छ । बजारको आर्थिक क्षमतालाई अधिकतम अवसर दिने उद्येश्यले अमेरिकी दुतावासले यस्तो कार्यक्रम आयोजना गरेको जारी विज्ञप्तीमा जनाईएको छ । कार्यक्रममा कृषि व्यवसायका प्रमुख, खरीददार, आपूर्तिकर्ता, वित्तीय सेवा प्रदायक तथा किसानहरूको उपस्थिती रहेको थियो । यसलाई कृषिसंग सम्बन्धित निकायको साझा थलोको रुपमा विकास पुग्छ भन्ने मान्यता दुताबासले लिएको छ । अमेरिकी दूतावासका डी सिएर्स माइकल सीले किसानका एउटा हिस्साको रुपमा आफुहरुले यस्तो काम गर्न पाउदा खुसी लागेको बताए । किसानकालागि प्रोत्साहित गर्न र बलियो लिंक बनाउनको लागि यो कार्यक्रम फलदायी हुने उनले बताए । 

Related News