​अमेरिकामा एकलाई विद्युतीय कुुर्सीमा राखेर मृत्युदण्ड

दृष्टि न्यूज

सिकागो, (एजेन्सी) । दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोर्सकी रहेका छन् । 
जागोर्सकीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जंगलमा पु-याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तिको शरीर दुई हप्तापछि फेला परेको थियो । उनीहरु दुवैलाई गोली हान्नुका साथै घाँटी रेटिएको थियो । 
अमेरिकी सर्वोच्च अदालतमा अन्तिम क्षणमा गरिएको अपिल सर्वोच्चले खारेज गरेको थियो । मृत्युदण्डका लागि संयुक्तराज्य अमेरिकाका नौवटा राज्यमा अझै पनि विद्युतीय कुर्चीको प्रयोग हुने गरेको छ । टेनिसी राज्यका अधिकारीहरुले टेनिसी राज्यको कानुन बमोजिम मृत्युदण्ड दिइएको बताएका छन् ।

Related News