टीपीपी व्यापार सम्झौता त्याग्ने ट्रम्पको घोषणा

काठमाडौं, ७ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स–प्यासिफिक पार्टनरसिप ट्रेड डिल (टीपीपी) त्याग्ने घोषणा गरेका छन् । 
ह्वाइट हाउसमा प्रवेशको पहिलो दिन उक्त सम्झौता त्याग्ने उनको भनाइ छ । उनले भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । टीपीपी व्यापार सम्झौतामा १२ मुलुकले हस्ताक्षर गरेका छन्, जसले विश्व अर्थतन्त्रमा ४० प्रतिशत ठाउँ ओगट्छ ।

Related News