​केएफसीलाई चुनौती दिदै भ्यालि एक्सप्रेस, महाराजगंजमा तेस्रो शाखा

काठमाडौं, ११ कात्तिक ।  
मासुजन्य व्यवसायमा नेपालमा सफल कम्पनी भ्याली कोल्ड स्टोरले फाष्टफुड व्यवसायमा पनि लगानी बढाएको छ । कम्पनीले अन्तराष्ट्रिय चेक कम्पनीले प्रयोग गर्दै आएका प्रविधिको प्रयोग गरी मासुका विभिन्न परिकारहरु बनाई बिक्रि सुरु गरेको छ । 
कम्पनीले भ्याली एक्सप्रेस रेष्टुरेन्टको तेस्रो शाखा बुधबार महाराजगंजमा उद्घाटन गरेको छ । चितवन र नयाँबजारमा पहिलेदेखि नै शाखा  संचालनमा छन् । भ्याली एक्सप्रेसबाट ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेस मिल, चिकेन पर्पकन लगायतका परिकार बिक्रि हुने कम्पनीले जनाएको छ । उद्घाटनको अवसरमा कम्पनीले १० प्रतिशत छुट दिएको छ । भ्याली एक्सप्रेसले ग्राहकहरुसँग १० प्रतिशत सेवा शुल्क समेत लिने गरेको छैन । 
‘३२ वर्षमा हामीले सधैं गुणस्तरीय उत्पादनमा जोड दिदै आएका छौं,’ कम्पनीका निर्देशक बाबुराजा रावलले पत्रकार सम्मेलनमा भने,‘अन्तराष्ट्रिय प्रविधिमार्फत चल्ला उत्पादनदेखिका मासु प्रशोधनसम्मका काम हामी आफैं गर्छाै ।’ 
नेपालका अधिकांश  ५ तारे होटलमा भ्याली कोल्ड स्टोरबाटै मासु खरिद हुने गरेको छ । केएफसीले समेत भ्यालीबाटै मासु किन्ने गरेको छ । केएफसीमा भन्दा भ्याली एक्सप्रेसमा चिकेनका परिकार करिब ३० प्रतिशत सस्तो छ । भ्याली कोल्ड स्टोरमा २०४१ सालमा स्थापना भएको हो । भ्याली गुप्रसँग हाल ६ वटा कम्पनी रहेको अर्का संचालन सुरेन्द्र प्रधानले बताए । 

 

Related News