​स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी

दृष्टि न्यूज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी युरोप भ्रमण पूरा गरी बिहीबार आज स्वदेश फर्किएकी छन् । पोल्याण्डको कातोभिचमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप २४’मा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी युरोप गएकी थिइन् । 
जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन पोल्याण्डका राष्ट्रपति कातोभिचको निमन्त्रणमा गएकी राष्ट्रपतिले विभिन्न देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन् । राष्ट्रपति भण्डारीसँग अल्वानियाका राष्ट्रपति, सानमारिनोका राष्ट्राध्यक्ष र इस्टोनियाका प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो ।

Related News