केही दिनमै ‘देखिरहन्छु जहिले’

दृष्टि न्यूज

काठमाडौं । गायक अर्जुन पौडेलको नयाँ गीत ‘देखिरहन्छु जहिले’ चाँडै भिडियोमा आउने भएको छ । उक्त गीतको म्युजिक भिडियोको हालै छायांकन गरिएको छ । 
अर्जुन मादेन लिम्बूको शब्द तथा संगीत र क्षितिज कुलुङको एरेञ्जमा तयार भएको उक्त गीतमा गायक अर्जुन पौडेल, अर्जुन मादेन लिम्बू र निरञ्जली लामाले अभिनय अभिनय गरेका छन् । साथै, भिडियोमा निर्मल सुब्बा र सन्तोष आले मगरको पनि अभिनय रहेको छ ।
लोक पपशैलीको उक्त गीतको गीतको छायांकन ललितपुरस्थित सिलौटी रिसोर्टमा गरिएको छ । मेघराज मगरातीको छायांकन तथा सम्पादन र दिनेश माङ्मुको निर्देशन रहेको यस गीतको भिडियो चाँडै नै सार्वजनिक हुने निर्माणपक्षले जनाएको छ ।

Related News