मकवानपुरको भिमफेदीमा प्राइम कमर्सियल बैंक

दृष्टि न्यूज

काठमाडौं, २९ माघ । प्राइम कमर्सियल बैंक लिमिटेडले मकवानपुरको भिमफेदी गाँउपालिकामा आज नयाँ शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बंैकको कार्यालय संख्या ५६ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकको संचालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठले शाखा कार्यालय भिमफेदीको समुदघाटन गरेका छन् । 
शाखा विस्तारलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी ग्राहकहरुलाई सेवा दिन अग्रसर रहेको प्रतिवद्धता व्यक्त गरेको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

Related News