​भोलिदेखि अस्टे«लियन शैक्षिक मेला

दृष्टि न्यूज

काठमाडौं । यतिबेला राजधानी काठमाडौंमा भटाभट शैक्षिक मेला लाग्ने क्रम सुरु भएको छ । मध्य साउनबाट अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुको लागि सबै जानकारी एउटै छानामुनी दिने उद्देश्यले ‘अल्फाबिटा २०१८ अस्टे«लियन एजुकेशन फेयर’ सुरु हुँदैछ । 
राजधानीको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा यही साउन १६ गते बुधबार हुने एक दिने मेलालाई नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबारको लागि अनुमति प्राप्त माछापुच्छ«े बैंकको प्रायोजनमा हुन गइरहेको अल्फाबिटाका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्माले जानकारी दिए । अष्ट्रेलियाका करिब दुई दर्जन विश्व विद्यालय र कलेजका स्टल रहने मेलामा करिब दुई  हजार विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिए । मेलामा अष्ट्रेलियास्थित कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटवार्ता गरी त्यहाँको शैक्षिक गुणस्तर, सर्टिफिकेटको अन्तर्राष्ट्रिय मान्यता, कोर्स र शुल्कका सम्बन्धमा जानकारी लिन सकिने आयोजकले जनाएका छन् । 
पछिल्लो समय नेपालबाट अष्ट्रेलिया जान विद्यार्थीहरुको संख्या दिनप्रदिन बढ्दै गएको छ । अध्ययनको सँगै रोजगारीबाट आम्दानी समेत गर्न पाउने हुँदा विदेशमा उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख रोजाई बन्ने गरेको छ । मेलामा सहभागी हुने विद्यार्थीका लागि अल्फाबिटा कम्प्लेक्सको तर्फबाट आकर्षक उपहारको व्यवस्था गरिएको आयोजक शर्माले बताए ।

Related News