​अन्त्यहीन द्वन्द्वको आरम्भ

शम्भु श्रेष्ठ । नेपालजस्तो सानो भूगोल र जनसंख्या भएको देशमा संघीयता कति सान्दर्भिक हुन्छ भन्ने बहस चलेको धेरै समय भयो । यो बहसमा बुद्धिजीवीहरुले नेपालजस्तो देशमा संघीयता लागू गर्दा देश नै टुक्रन सक्नेसम्मको निष्कर्ष निकाले । तै पनि हाम्रा नेताहरुको कानमा बतास चलेन । मेचीदेखि महाकालीसम्मका नेपाली जनता अखण्ड नेपालको पक्षमा उभिदा उभिदै पनि संघीयता नेपाली जनतामाथि लादियो । संघीयता ठिक थियो कि बेठिक भन्ने परिणाम त आउन बॉकी नै छ । अहिले त केवल सिमांकनका विषयलाई लिएर वादविवाद चर्किएको मात्र हो । भोलिका दिनमा संघीयता कार्यान्वयन गर्दा आइपर्ने समस्यालाई हाम्रा नेताहरुले अझै पनि विचार पु¥याएका छैनन् । संविधान कार्यान्वयन गर्ने नाममा पॉच नम्बर प्रदेश टुक्र्याएका छन् । त्यही कारण पश्चिम नेपाल आन्दोलित छ । तर पनि जसका लागि भनेर पॉच नम्बर प्रदेश टुक्र्याइएको छ, उनीहरुको पनि चित्त बुझेको छैन । मधेसवादी नेताहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई भाग छुट्याउन चाहान्छन् । त्यसका लागि सदनमा मधेसवादी दल प्रयोग भएका छन् । यो षड्यन्त्र सफल भएमा ढिलो चॉडो सीके राउतको नेतृत्वमा सिक्किमीकरण अथवा क्रिमियाकरणको अभियान थालनी हुनेछ । त्यसैको रिहल्सल हो, प्रचण्डले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव ।
संविधान संशोधनका विषयलाई लिए सदनदेखि सडकसम्म यत्रो विरोध भइरह‘दा मधेसवादी नेताहरु निर्लज्जरुपमा लैनचौर दिवाभोजमा सरिक हुनु र संविधान संशोधनको विषयमा भारतीय विदेश मन्त्रालयले सकारात्मक भनेर प्रतिक्रिया दिनुले संघीयत कसको दबाबमा नेपाली जनतामाथि लादियो भन्ने कुरा खुल्दै जान थालेको छ । हिजो तिनै बाबुराम भट्टराईल तराई–मधेसी र जनजातिलाई स्वायत्त आत्मनिर्णयको अधिकारसहितको प्रदेश दिनुपर्छ भनेर वकालत गर्थे । आज तिनै बाबुराम भट्टराईले १२ बु‘दे नयॉदिल्लीमा गर्नु दुर्भाग्य भन्दैछन् । पाप धुरीबाट कराउ‘छ भनेझै प्रचण्ड बाबुरामले गरेका अपराधको पोल विस्तारै यसैगरी खुल्द जानेछ । अस्ति बेलुकी शितल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यत्तिकै ‘अन्तरआत्माबाट भन्नुस्, यो प्रस्ताव कतैबाट आएको होइन, हामीले नै ल्याएको हो भने ।’ उनको यो हतास मनस्थितिबाट पनि बुझ्न सकिन्छ– उनलाई प्रधानमन्त्रीको कुर्सीमा जसले पु¥यायो, उसैले योप्रस्ताव ल्याउन लगायो । यसमा ढॉट्नुपर्ने कुनै कारण छैन । प्रचण्ड बाबुरामका कारण देश यसरीनै विखण्डित हु‘दै जाने हो भने इतिहासले एक दिन प्रचण्ड र बाबुरामलाई कठघरामा उभ्याउने छ । यिनीहरुले कथित जनयुद्ध कसको आडमा किन ग¥यो भन्ने कुराको जवाफ पनि नेपाली जनताले माग्नेछन् ।
नेपाली जनताले त शान्ति र समृद्धिका लागि माओवादीको साथ दिएका हुन् । न कि अन्त्यहीन द्वन्द्वमा नेपालीलाई फसाउन । संघीयताको विवाद भनेको अन्त्यहीन द्वन्द्वको आरम्भ हो । यही कुरालाई निहु‘ बनाएर दक्षिण छिमेकीले आफ्नो रणनीति तय गर्ने छ । विगतमा पनि मधेसी जनतालाई उचालेर जसरी पॉच पॉच महिना नाकाबन्दीको पीडा नेपाली जनतालाई दियो, भोलिका दिनमा त्यो पीडा नदोहोरिएला भन्न सकिन्न । त्यही कुरा बुझेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनस‘ग व्यापार पारवहनको सम्झौता गरेका हुन् । त्यो सम्झौता कार्यान्वयन हुन नदिन र नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुनर्उदय भएको कुरा घटनाक्रमले छर्लङ्ग पार्दै जानेछ ।

Related News